add frist

गृहपृष्ठ वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन

वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन

काठमाडौं, जेठ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्नुभएको छ । आव गठित इजलासमा जबरासहित दीपक कुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडालाई संवैधानिक इजलासमा रहनुभएको छ।

यसअघि संसद विघटनको मुद्दामा ुचुज एण्ड पिकुको आधारमा इजलास गठन गर्दा विवाद भएको थियो। प्रधानन्यायाधीश राणाले वरिष्ठताका आधारमा पहिलोपटक संवैधानिक इजलास गठन गर्नुभएको हो ।

यसअघि वरीयताको अगाडि रहेकालाई छुटाएर पछाडि रहेका न्यायाधीशलाई पटक–पटक इजलासमा राखिएको थियो । आज संवैधानिक इजलासमा नागरिकता विधेयकसम्बन्धी रिटमा सुनुवाइ हुँदै छ।

यसअघि जबराले संसद् विघटनको मुद्दा सुनुवाइका लागि दीपककुमार कार्की, डा.आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई राख्नुभएको थियो।

केसी र श्रेष्ठको विषयमा इजलासमा विवाद भएको थियो। संसद विघटनको मुद्दामा आइतबारदेखि सुनुवाइ हुनेछ। संसद् विघटनको मुद्दा पनि यही इजलासले हेर्ने भने निश्चित छैन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु