add frist

गृहपृष्ठ नेकपा फुटेको होइन, ’केही स्वार्थका कारण चोइटिएर गएका हुन’ : पौडेल

नेकपा फुटेको होइन, ’केही स्वार्थका कारण चोइटिएर गएका हुन’ : पौडेल

बुटवल । नेकपा ओलीनिकट महासचिव विष्णु पौडेलले नेकपा विभाजन नभई केही नेता चोइटिएर गएको बताएका छन् । ’केही स्वार्थका कारण विभाजित भएका छन उनिहरूसँग समाहित हुनुको विकल्प छैन,’ पौडेलले भने ।

‘बुटवलमा जुटेको जनमत पार्टी फुटेको छैन, पार्टी एक छ र ओली नेतृत्वमै छ भन्ने पुष्टि गरेको छ,’ उनले भने ।
अब ओलीको नेतृत्वमा सामाजिक न्याय र समृद्धितर्फ लानका निम्ति ताजा जनादेशमा जाने निर्णय भएको बताए । उनले विभाजित भएर गएको समूहले

पार्टीको चुनाव चिह्न र आधिकारिकताबारे भ्रम फैलाइरहेको भन्दै अलमलमा नपर्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

पौडेलले आगामी वैशाख १७ र २७ गते तोकिएकै समयमा निर्वाचन हुने भएकोले निर्वाचनको तयारीमा लाग्न आग्रह गरे ।
लुम्बिनी प्रदेशमा १७ गते निर्वाचन हुने भएकोले त्यही अनुसार लाग्न उनले आग्रह गरे ।

उनले कार्यकर्तालाई निर्वाचनको एजेण्डासहित गाउँगाउँ जान निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु