add frist

गृहपृष्ठ गठबन्धन अहिलेको राष्ट्रिय आवश्यकता हो : देउवा

गठबन्धन अहिलेको राष्ट्रिय आवश्यकता हो : देउवा

"मुलुकलाई अस्थिर बनाउन ओलीलाई निमिक्त नायक बनाइयो : पौडेल"

बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन अहिलेको राष्ट्रिय आवश्यकता भएको दाबी गरेका छन् । पाँच दलीय गठबन्धनले शनिबार बुटवलमा आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै देउवाले मुलुकको प्रजातान्त्रिक अधिकारलाई बचाउनका लागि गठबन्धनको खाँचो औल्याए ।

मतदाताहरुलाई कुनै पनि सङ्का उपसङ्का गठबन्धनका लहरुलाई मतदान गर्न आग्रह गर्दै उनले गठबन्धनलाई लामो समयसम्म टिकाइराख्न जोड दिए । फरक प्रसङ्गमा प्रधानमन्त्री देउवाले मुलुकले ऋण लिएर तिर्न नसक्ने अवस्थामा भएका कारण एमसीसी सम्झौताबाट बिना व्याज ऋण अनुदान लिएको उल्लेख गरे । एमसीसीको सही कार्यान्वयन गरेको खण्डमा विदेशी राष्ट्रहरुबाट थप ऋण अनुदान पाइने उल्लेख गरे ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकलाई अस्थिर बनाउनका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निमिक्त नायक बनाइएको आरोप लगाएका छन् । ओलीले प्रधानमन्त्री भएर दुई पटकसम्म संसदमा हमला गरेको बताउँदै उनले मुलुकलाई अस्थिर बनाउन महा प्रपञ्च रचिएको दाबी गरे । एमालेलाई कुनैपनि हालतमा संसदमा जान नदिनका लागि अहिलेको गठबन्धन आवश्यक रहेको उनले बताए ।
यसैगरी काँग्रेस प्रवक्ता प्रकास शरण महतले देउवा सकार आएपछि मुलुकमा भ्रष्टाचार र कुशासनको अन्त्य भएको दाबी गरेका छन् । आफ्नो भाषण अधिको अधिकांश समय एमाले अध्यक्ष ओलीमाथि खनिएका उनले ओलीको नेतृत्वमा देशलाई ऋणमा ढकेल्ने काम भएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु