add frist

गृहपृष्ठ करोडपति पाण्डेले बुटवलमा सुकुम्बासी बनेर भोट माग्दै

करोडपति पाण्डेले बुटवलमा सुकुम्बासी बनेर भोट माग्दै

बुटवल । बुटवल उपमहानगरपालिकामा कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार खेलराज पाण्डेय आफूलाई सुकुम्वासी नेता बताउछन् । आफ्नो घरघडेरी कुनै सम्पत्ती नरहेको दावी गर्छन् ।

जीवनभर राजनीति गर्दा व्यक्तिगत सम्पत्ति जोड्न समेत नपाएको भन्दै मतदातालाई आफ्नो प्रभावमा पारिरहेका छन् । कांग्रेस कार्यकर्ताहरुले समेत उनको भ्रम तल्लो तहका मतदातासम्म पुर्याएका छन् । आफूलाई गरीब, विपन्न र जग्गाजमिन विहीन बताउने पाण्डेको यथार्थता त्यस्तो छैन । पाण्डेय करोडौं रुपैया पर्ने जग्गाका मालिक भएको खुलेको छ ।

उनको नाममा तिलोत्तमा नगरपालिका ६ मा पर्ने साविक आनन्दवन गाविस १ (ख) मा जग्गा छ । २ कठ्ठा सबा ३ धुर जग्गा बाबुको नामबाट बकसपत्र लिएका हुन् । बाबु लिलाबल्लौं पाण्डेले २०६८ साउनमा बकसमार्फत उक्त जग्गा लिएको प्रमाण मालपोत कार्यालयमा छ । उक्त जग्गाको मूल्य अहिले करिब २ करोड रुपैया पर्ने स्थानीयले बताए । पाण्डेय पुस्तौनी जग्गाजमिनवाला हुन् । उनका बाबुको नाममा १० कठ्ठा जग्गा छ ।

हाल उक्त जग्गा सगरमाथा बहुउद्देश्य सहकारी संस्थामा रोक्का रहेको छ । २०७७ मंसिर ८ गते उक्त जग्गा सहकारीबाट रोक्का गरिएको हो । अन्यत्र जग्गा किन्ने प्रयोजनका लागि जग्गा धितो राखेर ऋण निकालेको सहकारीले बताएको छ । यसले उनले अन्यत्रपनि जग्गा जमिन जोडेको देखिएको छ ।

पाण्डेय यसअघिको स्थानीय तहको चुनावमा पनि मेयरका प्रत्यासी हुन् । एमालेका शिवराज सुवेदीसँग करिब २ हजार ३ सय मतले हारेका थिए ।

यसपालि पनि चुनाव जित्ने अन्य आधार नभएपछि आफूलाई विपन्न, गरीब र जग्गाजमिन वीहिन बनेको नाटक गरेको आरोप लागेको छ ।

मतदाताअगाडि सम्पति वीहिन बनेको नाटक गरेका पाण्डेयलाई उनकै कार्यकर्ताहरुले समेत मत नहाल्ने निचोड निकालेका छन् । बुटवल ८ का कमलप्रसाद न्यौपानेले खेलराजको झुट थाह पाएपछि आफ्नो परिवारले भोट नहाल्ने निधो गरेको बताए ।

‘अरु नेता बनेर जग्गाजमिन गाडी घोडा जोडे । म कतै केही नभएको मान्छे । चियाखाने र टेम्पो चढ्ने पनि पैसा छैन भन्दै हात जोडेर हिडेका थिए,’ उनले भने, ‘यतिधेरै झुट बोल्ने रहेछन् भन्ने थाह पाउँदा बल्ल झस्कियौं ।

अब भोट हाल्दैनौं ।’ पाण्डेयले यसअघि बुटवलको सडकमा परेका घरहरु भत्काउन रोक्ने र सडक विस्तार नगर्ने अभियानमा सहभागी भएका थिए । त्यसबेलासमेत व्यापारीहरुले ठूलो रकम उठाएर पाण्डेलाई दिएको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु