add frist

गृहपृष्ठ नेकपा प्रदेश कमिटी अध्यक्षमा लिला गिरी

नेकपा प्रदेश कमिटी अध्यक्षमा लिला गिरी

बुटवल माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा लिला गिरी चयन भएका छन् । बुटवलमा सम्पन्न प्रदेश कमिटी बैठकले ओनसरी घर्तीलाई हटाएर नेकपा केन्द्रीय कमिटी सदस्य तथा रुपन्देही ईन्चार्ज समेत रहेका गिरीलाई प्रदेश कमिटी अध्यक्षको जिम्मेवारी दिएको हो ।

बैठकमा अहिले प्रदेशका १२ वटै जिल्ला अध्यक्षहरुले परिवर्तित राजनितीक घटनाक्रम र जिल्लामा पार्टीको अवस्था बारे रिपोर्टिङ गरि रहेका छन् । बैठकले केही जिल्लामा अध्यक्षहरुको समेत जिम्मेवारी हेरफेर गर्ने नेकपा श्रोतले बताएको छ ।

अहिलेसम्म रुपन्देहीमा संयोजक शिवराज सुवेदी सहसंयोजकमा तेजेन्द्र केसी तथा सचिवमा बिश्व राज बराल अनुपलाई जिम्मेवारी दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु