add frist

गृहपृष्ठ गतिलो संस्कार नभएका ओली खालि बकबक गर्नुु हुन्छ : माधवकुमार नेपाल

गतिलो संस्कार नभएका ओली खालि बकबक गर्नुु हुन्छ : माधवकुमार नेपाल

बुटवल । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा राम्रा कुरा सुन्नै नसक्ने गतिलो संस्कार नभएको टिप्पणी गरेका छन् । बुटवलमा बिहीबार प्रतिनिधिसभा विघटन विरुद्ध आयोजित प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

‘खालि बकबक गर्नुु हुन्छ,’ उनले भने, ‘उहाँलाई रिस उठ्योस पत्रकार, वकिललाई गाली ग¥यो ।’ ओलीले आफ्नै मन्त्रीलाई समेत गाली गर्दै आएको र त्यसको एकभारि प्रमाण आफूसित रहेको नेपालले दाबी गरे ।

नेपालले ओलीलाई समयको गति बुझ्न नसक्ने व्यक्ति भएको समेत आरोप लगाए । उनले भने, समयको पछिपछि लतारिने व्यक्तिलाई नेतृत्वमा ल्याएकै कारण आजसम्म दुःख पाइयो । गणतन्त्र, संघियता, समावेसीता ल्याउने हामी हो । संघियता, गणतन्त्र र समावेसी प्रति माया हामिलाई छ, केपीओलीलाई छैन, उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु