add frist

गृहपृष्ठ कास्की-१ मा एमालेको अग्रता कायमै

कास्की-१ मा एमालेको अग्रता कायमै

पोखरा । कास्कीको क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनमा एमालेले अग्रता कायम राखेको छ ।

पछिल्लो मतगणना अनुसार एमालेका मन बहादुर गुरुङले १७ हजार ६ सय २९ मत पाउँदा नेपाली काङ्ग्रेसका किशोर दत्त बरालले १६ हजार २ सय मत प्राप्त गरेका छन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राईले ६ हजार ४ सय ७१ मत ल्याउँदै तेस्रो स्थानमा रहेका छन् ।

यसअघि कास्की २ मा एमाले कै विद्या भट्टराई निर्वाचित भइसकेकी छिन् । कास्की-३ मा पनि एमालेकै दामोदर पौडेल वैरागीले फराकिलो अग्रता कायम राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु