add frist

गृहपृष्ठ हामी एमसीसीको विपक्षमा छौ : प्रचण्ड

हामी एमसीसीको विपक्षमा छौ : प्रचण्ड

काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी एमसीसीको विपक्षमा उभिने दोहोयाउनु भएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारले एमसीसी पेस गरेको भन्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र एमसीसीको विपक्षमा उभिने स्पष्ट पारिसकेको बताउनु भएको छ ।

विवाद र विरोधका बीच सरकारले एमसीसी टेबुल गरेको भन्दै उहाँले एमसीसीको विरोधमा उत्रिएकामाथि भएको प्रहरी दमनको विरोध गर्नुभएको छ । साथै प्रहरी दमनमा भएका घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको पनि प्रचण्डले कामना गर्नुभएको छ ।

यसबारे आफ्नो आधिकारिक फेसबुकमा प्रचण्डले लेख्नुभएको छ, ‘विवाद र बिरोधका बीच सरकारले एमसीसी टेबुल गरेको छ ।

हाम्रो पार्टी र संसदीय दलले एमसीसीको विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ । एमसीसी टेबुल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्सनकारीमाथी भएको प्रहरी दमनको विरोध गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु