add frist

गृहपृष्ठ सर्वोच्च अदालतको फैसला ऐतिहासिक : अध्यक्ष नेपाल

सर्वोच्च अदालतको फैसला ऐतिहासिक : अध्यक्ष नेपाल

काठमाडौं, फागुन । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड माधव नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले प्रतिनिधिसभा विघटन बदर गरेकोमा सर्वोच्च अदालतको ऐतिहासिक फैसला गरेको बताउनुभएको छ। सामाजिक सञ्जालमा लेख्दै उहाँले भन्नुभएको छ, ‘प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जीत भएको छ ।’

उहाँले अगाडी भन्नुभएको छ, ‘संविधानका प्रावधानलाई मिचेर केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन प्रतिगमनकारी थियो । सम्मानित सर्वोच्च अदालतले संवैधानिक अपेक्षा र जनभावना अनुसार अत्यन्तै प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार व्यक्त गर्दछु ।’

साथै पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले सम्पूर्ण नेपाली जनता, आन्दोलनमा उत्रेका राजनीतिक दलहरु, नागरिक समाज, मिडिया, समाजका सबै तहका जनतालाई धन्यवाद समेत दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु