add frist

गृहपृष्ठ बरिष्ठ चार्टर्ड एकाउन्टेन्ट निल सारु पाल्पा १ मा सिफारिस

बरिष्ठ चार्टर्ड एकाउन्टेन्ट निल सारु पाल्पा १ मा सिफारिस

पाल्पा । नेकपा एमाले पाल्पाले वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट निल सारु मगरलाई संघिय निर्वाचनको लागी पाल्पा जिल्ला क्षेत्र नं १ बाट संघिय सांसद उमेद्वारको सिफारिश गरेको छ ।
विद्यार्थीकालदेखि अनेरास्ववियुको विभिन्न तहमा रही राजनितीमा सक्रिय उनी हाल नेपाल उद्योग व्यवसायी महासंघका केन्द्रिय सदस्य र नेकपा एमाले, पाल्पा काठमाण्डौं सम्पर्क मञ्चको अध्यक्ष छन् । त्यस्तै उनी धितोपत्र बोर्डको विज्ञ संचालकको रुपमा ३ बर्ष काम गरेको अनुभव समेत छ ।

संघिय सांसदको उमेद्वारमा सिफारिस भएपछि बोल्दै चार्टड एकाउन्टेन्ट सारु मगरले पार्टिले पुस्ता हस्तान्तरण अभियान र युवाहरुको चाहना बमोजिम आफुले उमेद्वारी दिएको वताए । आर्थिक नितीमा पिएचडी गरिरहेका सारुले नेताहरुले युवालाई विश्वास गरेर टिकट दिएको खण्डमा सम्पुर्ण अग्रज नेताहरुको सोगदानको सम्मान गर्दै उहाहरुको सल्लाह वमोजिम अगाडी वढ्ने र चुनावमा भारी मतान्तरका साथ विजयी हुने पनी बताए ।

सांसद दल वहादुर राना, नेता ठाकुर गैरे लगायत पाल्पा क्षेत्र न. १ को पार्टिको भेलाले सारु मगरलाई संघिय सांसदमा सिफारिस गरेको नेकपा एमाले पाल्पाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु