add frist

गृहपृष्ठ स्वार्थी समूहहरू आफ्नो स्वार्थ पूरा गर्न पार्टीबाट बाहिरिए : प्रधानमन्त्री

स्वार्थी समूहहरू आफ्नो स्वार्थ पूरा गर्न पार्टीबाट बाहिरिए : प्रधानमन्त्री

बुटवल। प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी स्वार्थीहरूको कारण विभाजनको अवस्थामा पुगेको बताएका छन् ।

बुटवलमा नेकपा लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलिले देशको समृद्धिको सपना पूरा गर्न नदिने समूहले ’देश बनाउने होइन आफू बन्ने उद्देश्य छोडेनन् । आन्दोलन होइन गुट बलियो बनाउने उद्देश्य छोडेनन् । पार्टी होइन आफू बलियो बन्ने अभियान छोडेनन् । स्वार्थी समूहरू आफ्नो स्वार्थ पूरा गर्न पार्टीबाट बाहिरिए,’ ओलीले भने ।

असन्तुष्ट समूह बाहिरिएपछि पार्टी गतिशील बनेको ओलीको भनाइ छ । असन्तुष्ट समूह बाहिरिएपछि पार्टीमा शुद्धीकरण सुरु भएको ओलीको तर्क छ ।
आफ्नो पार्टीभित्रबाट काम गर्न नदिएकै कारण संसद विघटन गरेको ओलीले बताए ।

आफ्ना पार्टीभित्रबाट काम गर्न नदिएकै कारण मैले विघटन गरेको हुँ । प्रधानमन्त्रीको विशेषअधिकारअनुसार संसद विघटन गरेको हुँ,’ उनले भने, ’देशलाई अस्थिरतातर्फ अदालतले फर्काउने छैन भन्ने मेरो विश्वास छ ।’

संसद पुनर्स्थापना भए बाँकी डेढ वर्षमा लोकतन्त्रको हिकक्मत लिने काम हुने उनको भनाइ छ । उनले राम्रा काम गरेको भए पनि केही समूह सरकारलाई बदनाम बनाउन लागेका बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु