add frist

गृहपृष्ठ सदनमा एमसीसीले प्रवेशपाएपछि मात्र एमालेको धारणा आउँछ : उपमहासचिव ज्ञवाली

सदनमा एमसीसीले प्रवेशपाएपछि मात्र एमालेको धारणा आउँछ : उपमहासचिव ज्ञवाली

बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमसीसी सम्झौतालाई संसदमा पेश गर्नुपर्ने बताएका छन् ।

प्रेस चौतारी रुपन्देहीले बुटवलमा आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा उपमहासचिव ज्ञवालीले पहिले सरकार नै एमसीसी सम्झौता बारे स्पष्ट हुनु पर्ने उल्लेख गरे ।

ज्ञवालीले संसदमा छलफलमा ल्याउनका लागि सभामुखले बाटो छेक्न नहुने बताए । सभामुखले सदनमा ल्याउन ढोका बन्द गर्नु हुदैन ।’ ज्ञवालीले सदनमा एमसीसीले प्रवेशपाएपछि मात्र एमालेले आफ्ने धारणा दिने जनाए ।

सत्तारुढ दलभित्रै एमसीसी सम्झौता बारे दोहोरो भूमिका देखिएको भन्दै उनले यसलाई गिजोल्ने काम मात्र भएको उल्लेख गरे । उनले देशभित्र एक थरी र अमेरिकासँग एकथरी कुरा गर्ने दोहोरो चरित्र उनीहरुले देखाएको आरोप लगाए । ‘५ महिनाभित्र पास गर्ने भनेर पत्र लेख्ने तर अहिले संसोधन गरेर मात्र पास हुन्छ भन्ने दोहोरो चरित्र सरकार र गठबन्धनका नेताहरुले देखाएका छन्’, ज्ञवालीले भने, ‘एमसीसी सम्झौता गर्दा देउवा नै प्रधानमन्त्री थिए । माओवादीका नेताको दोहोरो चरित्रले त्यो बेला पास भएन । अहिले यो गठबन्धको जिम्मेवारी हो । बहुमत उहाहरुसँग छ । संसदमा ल्याएर छलफल गरेर टुंगो लगाउनुपर्छ ।’

एमाले उपमहासचिव ज्ञवालीले स्थानीय तहको निर्वाचन अबिलम्ब घोषणा गर्न माग गरे । उनले भने, कुनै बहानाबाजी नगरी अलमल नगरी मिति घोषणा गर्नुस । अनयथा लोकतन्त्र धरापमा जान्छ । बाहानाबाजी एमालेलाई मान्य छैन ।’ज्ञवालीलेले एमालेमा पुर्नजागरण भएको बताए । एमालेलाई अब कसैले पराजित गर्न नसक्ने उनले दाबी गरे ।

ज्ञवालीले सरकारले जनतालाई न्यूनतम सविधा दिन नसकेको आरोप लगाए । अर्थतन्त्र धरासायी बनाएको, तरलताको अभाव भुक्तानी सन्तुलनमा फरक परेको आरोप पनि उनले लगाए । कोभिड महामारीको अवस्थामा समेत २४ लाख डोज कोरोना खोप हराउँदा पनि सरकारलाई कुनै मतलब नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु