add frist

गृहपृष्ठ एमाले महाधिवेशन : प्रेस चौतारीबाट ५ प्रतिनिधि चयन

एमाले महाधिवेशन : प्रेस चौतारीबाट ५ प्रतिनिधि चयन

कात्तिक, काठमाडौं । नेकपा एमाले निकट पत्रकार संगठन प्रेस चौतारी नेपालबाट निर्विरोध महाधिवेशन प्रतिनिधि चयन भएका छन् । एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि पाँच जना प्रतिनिधि चयन भएका छन् ।

अध्यक्ष गणेश बस्नेत, उपाध्यक्ष टीका विष्टसहित गगन विष्ट, राजेन्द्र अर्याल र निर्मला शर्मा चयन भएका छन् । गगन विष्ट र अर्याल चौतारीका पूर्व अध्यक्ष हुन् । शर्मा भने गएको चैतमा सम्पन्न नेपाल पत्रकार महासंघ निर्वाचनमा अध्यक्षको उम्मेदवार थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु