add frist

गृहपृष्ठ देउवाले काँग्रेसलाई भीख माग्ने अवस्थामा पुर्‍याए

देउवाले काँग्रेसलाई भीख माग्ने अवस्थामा पुर्‍याए

काठमाडौं साउन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई निर्वाचन आयोगसँग भीख माग्ने अवस्थामा पुर्याइएको बताएका छन् । सोमबार विहान सामाजिक सञ्जालमार्फत सभापति शेरबहादुर देउवाले असफलता र लापरबाहीका यस्तो अवस्था आएको उनले बताएका हुन् ।

‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो । आज आएर त्यसभित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोग संग भीख माग्ने निरीह अवस्थामा पुर्याइएको छ यहाँ भन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापरबाही अरु के हुन्छ ?,’ उनले लेखेका छन् ।

काँग्रेसले आगामी भदौ १६–१९ का लागि तय गरेको १४ औं महाधिवेशन अवस्थामा पुगेपछि पौडेल सभापति देउवामाथि खनिएको देखिन्छ । साउन १२ बाट सुरु गर्ने भनेको तल्लो तहको अधिवेशन प्रभावित भएपछि काँग्रेस महाधिवेशन अनिश्चित बनेको छ । अहिलेसम्म नयाँ कार्यतालिका पनि ल्याउन काँग्रेसले सकेको छैन ।

२८ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकमा नयाँ कार्यतालिका ल्याउने गरी नेताहरुले तयारी गरिरहेका छन् । भदौ २३ उता महाधिवेशन सार्न कानुनी बाध्यता खडा भएकाले निर्वाचन आयोगसँग परामर्श गरी नयाँ कार्यतालिका ल्याउन काँग्रेस नेताहरु जुटेका छन् । तर पौडेलले भदौ २३ भित्र विशेष महाधिवेशन गरेर भएपनि पार्टीको वैधानिकता जोगाउन लाग्नुपर्ने प्रस्ताव गरेका थिए ।

उनको प्रस्ताव सभापति र महामन्त्री शशांक कोइरालाले अस्वीकार गरेपनि आक्रोशित देखिएको बुझिएको छ । पौडेलले संविधानले दिएको ५ वर्ष ६ महिनाको समयभित्र पनि महाधिवेशन सम्पन्न गर्न नसक्नु देशकै विडम्बना भएको बताए । पौडेलले देउवा सर्वत्र असफल भएको भन्दै उनको सत्तारोहणप्रति पनि असन्तुष्टि पोखेका छन् ।

पौडेलले भने, ‘सर्वत्र असफल व्यक्तिहरु वारम्वार सत्ता समाल्न पुग्छन् ।’ असार २८ गते सर्वोच्चको परामदेश अनुसार देउवाले असार २९ गतेबाट मुलुकको नेतृत्व सम्हालिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु