add frist

गृहपृष्ठ नवनियुक्त प्रधानमन्त्री देउवा सरकारमा चार मन्त्रीले लिए सपथ

नवनियुक्त प्रधानमन्त्री देउवा सरकारमा चार मन्त्रीले लिए सपथ

काठमाडौं। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन्। देउवाले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री पदमा सपथ लिए लगत्तै माओवादी केन्द्र र आफ्नो दलबाट २-२ जना मन्त्री नियुक्त गरेका छन् ।

उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएकी छन्।

गृहमन्त्रीमा बालकृष्ण खाँण र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्कीलाई मनोनित गरेका थिए।

नवनियुक्त प्रधानमन्त्री देउवा नेतृत्व सरकारमा माओवादी केन्द्रका तर्फबाट जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु