add frist

गृहपृष्ठ शेखर पक्षका पदाधिकारी र केन्द्रीय सदस्य छुट्टै भेला गर्दै

शेखर पक्षका पदाधिकारी र केन्द्रीय सदस्य छुट्टै भेला गर्दै

काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले आज भेला गर्न लागेका छन्।

आइतबार कोइराला पक्षका कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यहरू भेलामा जुट्ने भएका हुन् ।

आज दिउँसो १ बजे कोइरालाको सचिवालय बालुवाटारमा भेला बस्ने एक नेताले बताए । सोमबार कांग्रेसले केन्द्रीय समिति बैठक राखेको छ ।

उक्त बैठकमा कसरी प्रस्तुत हुने र के(के एजेन्डा राख्ने भन्नेबारे कोइराला पक्षले आज पदाधिकारी र केन्द्रीय सदस्यहरूसँग छलफल गरी सामूहिक धारणा बनाउन लागेको ती नेता बताउँछन्।

सभापति शेरबहादुर देउवाले छ महिनाभित्र विधानअनुसार गर्नुपर्ने काम गर्न सकेका छैनन् । भ्रातृ संस्थामा नेतृत्व दिँदा पनि आफूहरूसँग परामर्श नगरेको आरोप कोइराला पक्षको छ।

आजै कांग्रेस पदाधिकारी बैठक पनि बस्दैछ । सानेपामा दिउँसो १ बजेका लागि पदाधिकारी बैठक बोलाइएको छ। भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका विधान र उनीहरूलाई मान्यता दिनेलगायत विषयमा पदाधिकारी बैठक बस्ने भएको हो । (सेतोपाटी)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु