add frist

गृहपृष्ठ अराजकता र अस्थिरता निम्त्याउन एमसिसी पेश भयो : एमाले

अराजकता र अस्थिरता निम्त्याउन एमसिसी पेश भयो : एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विदेशीको इसारामा सरकारले प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबल गरेको आरोप लगाएको छ।

आइतबार सरकारले एमसिसी टेबल गरेपछि आन्तरिक छलफलमा जुटेको एमालेले अराजकता र अस्थिरता निम्त्याउन एमसिसी ल्याइएको बताएको हो।

‘सरकारले विदेशीको इरासामा देशभित्र अराजकता र अस्थिरता निम्त्याउन जबरजस्ती एमसिसी टेबल गरेको छ’, अध्यक्ष केपी शर्मा ओलीको भनाई उद्धृत गर्दै एक सांसदले भने,‘ राष्ट्रिय सहमति नभएसम्म ल्याउन हुँदैन थियो।’

यसअघि नेपाली कांग्रेसले एमसीसी पारित गर्नका लागि एमालेको सहकार्य खोजेको थियो । एमालेले भने पहिले संसदमा टेबल गर्न सुझाव दिएको थियो ।

सरकारले प्रस्ताव टेबल गरेपछि मात्र आफ्नो धारणा सार्वजनिक गर्ने भनेको एमालेले हतारमा सरकारले निर्णय गरेको निष्कर्ष निकालेको छ।

अमेरिकी सहयोग परियोजना एमसिसीसम्बन्धी सम्झौता प्रतिनिधि सभामा टेबल भएको छ।

सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबारको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माका तर्फबाट एमसिसी सम्झौता अनुमोदनका लागि टेबल गरेका हुन्।

मन्त्री कार्कीले प्रतिनिधि सभा नियमावली २०७५ को नियम २२२ बमोजिम सम्झौतालाई प्रतिनिधि सभा समक्ष पेस गरेका हुन्।

मन्त्री कार्कीले संविधानको सर्वोच्चता र सर्वोपरिताभन्दा एमसिसी सम्झौताको कुनै पनि व्यवस्था र सर्त माथि नभएको स्पष्ट पारे।

उनले संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्न पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानुन र विश्वशान्तिको मान्यताअनुसार कुनै पनि सैन्य संगठनमा सामेल नहुने नेपालको परराष्ट्र नीतिको परम्परालाई आत्मसात् गर्दै एमसिसी सम्झौता अनुमोदन गर्नका लागि प्रतिनिधि सभामा पेस गरेको उल्लेख गरे।(सेतोपाटी)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु