add frist

गृहपृष्ठ एमसीसीबारे एमालेको धारणा सार्वजनिक गर्न आज पत्रकार सम्मेलन गर्दै

एमसीसीबारे एमालेको धारणा सार्वजनिक गर्न आज पत्रकार सम्मेलन गर्दै

काठमाण्डौं । अमेरिकी अनुदान एमसीसी संसदबाट अनुमोदनमा भाग नलिएको प्रमुख प्रतिपक्षी एमालेले आज आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । एमाले अध्यक्ष केपी ओलीले आज दिउँसो १ बजे तिनकुनेस्थित रोयल ब्यांकेटमा पत्रकार सम्मेलन आयोजना गर्दैछन् ।

एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा एमालेका आधिकारिक धारणाहरू सार्वजनिक हुनेछ । एमसीसी गत शुक्रबार संसदबाट अनुमोदन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु