add frist

गृहपृष्ठ नौ बुँदे प्रस्ताव पारित गर्दै एमाले लुम्बिनीको बैठक सकियो

नौ बुँदे प्रस्ताव पारित गर्दै एमाले लुम्बिनीको बैठक सकियो

दाङ,साउन । नौ बुँदे प्रस्ताव पारित गर्दै नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटीको बैठक सकिएको छ । शुक्रबारदेखि दाङको घोराहीमा सुरु भएको बैठकले विभिन्न नौ बुँदे प्रस्ताव पारित गर्दै सकिएको हो ।

सरकारी हस्तक्षेप तथा अन्य घेराबन्दीका बाबजुद स्थानीय तहको निर्वाचनमा लोकप्रिय मतबाट एमालेलाई पहिलो शक्ति बनाउने मतदातालाई धन्यवाद दिँदै बजेट निर्माणका क्रममा बिचौलियाको प्रत्यक्ष उपस्थिति र निर्देशनमा करका दरहरू हेरफेर गरिनु मुलुकको अर्थ राजनीतिक प्रणालीमै लागेको कलंकको घटना भएकाले यसको निन्दा गर्दै भण्डाफोर गर्ने, मंसिर ४ को निर्वाचनलाई घोषणा गर्न बाध्य पार्ने सबै पक्षलाई धन्यवाद घोषित निर्वाचनलाई स्वच्छ, निष्पक्ष, धाँधलीरहित र स्वतन्त्र रूपमा सम्पन्न गर्न भेलाले माग गरेको छ ।

निर्वाचनको घोषणापछि सरकार स्वतः काम चलाउमा भएकाले अन्य प्रभाव पार्ने निर्णय नगर्न सचेत बनाइएको छ । त्यसै गरी कृषिमा आत्मनिर्भर बनाउन उत्पादनमा जोड दिने र त्यसका लागि आवश्यक सम्पूर्ण उत्पादन सामग्रीसमेत सहज ढंगले उपलब्ध गराउनुपर्नेमा अत्यावश्यक विउविजन र मल खादको न्यूनतम प्रबन्ध नगराई किसान विरोधी काम गरेकोमा विरोध गरिएको छ ।

पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुहरूको मूल्यवृद्धि रोक्न र घटाउन माग गर्दै अवैध आर्थिक कारोबारलाई प्रश्रय र संरक्षण नदिन दबाब दिने निर्णय गरिएको छ । भेलाले प्राकृतिक प्रकोपबाट आहत भएका नागरिकहरूको अविलम्ब उद्धार, राहत र उचित क्षतिपूर्ति दिन, प्रदेश संसद्को नीति, बजेट र कार्यक्रम बनाउँदा देखिएको गैर जिम्मेवार व्यवहार र पूर्ववर्ती सरकारले अगाडि बढाएका कार्यक्रमहरूको कटौतीप्रति निन्दा एवं भर्त्सना गरेको छ ।

प्रदेशस्तरीय प्रशिक्षणमा सहभागी भई भएकोमा शीर्ष नेतृत्वलाई धन्यवाद दिँदै व्यवस्थापनमा सहयोग र समन्वय गर्ने दाङ जिल्ला कमिटीसहित सबैमा धन्यवादसहित ९ बुँदे प्रस्ताव पारित गरिएको प्रचार विभाग प्रमुख डिआर घिमिरेले जानकारी दिए ।

प्रशिक्षण कार्यक्रममा केन्द्रीय कमिटीका उपाध्यक्षद्वय विष्णुप्रसाद पौडेल, सुवासचन्द्र नेम्बाङ, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव छविलाल विश्वकर्मा, केन्द्रीय अनुशासन आयोगका उपाध्यक्ष नेत्र पन्थी, केन्द्रीय लेखा आयोगका उपाध्यक्ष विष्णु पन्थीले विभिन्न विधामा प्रशिक्षण तथा निर्देशन दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु