भ्रामक प्रचारलाई मेट्ने गरि लाग्न एमाले प्रचार बिभाग प्रमुख गुरुङको पत्रकारहरुलाई आग्रह

बुटवल,बैसाख । नेकपा एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले आगामी स्थानीय तहको निर्वाचनमा एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामहरुको व्यापक प्रचारप्रसार गर्न प्रचार कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।
एमाले र मतदाताहरुको पुलको रुपमा प्रेस चौतारी नेपालले भूमिका निर्वाह गर्न सक्नु पर्छ प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको प्रचार भेलालाई सम्बोधन गर्दै उपमहासचिव सुब्बाले भने।
नेकपा एमालेका विरुद्ध गलत प्रचार र घेराबन्दी भईरहंदा प्रचार कार्यकर्ताहरुले त्यसको खण्डन गर्दै जनतालाई सहि सूचना दिनुपर्ने दायित्व प्रेस चौतारीका सदस्यहरुको भएको उनले बताए।
एमाले विरुद्धका गलत र भ्रामक प्रचारहरुलाई बिरुद्ध जनतालाई सचेत गराउने काम प्रेस चौतारी र एमालेका कार्यकर्ताहरुको हो तर अझै त्यो काम हुन सकेको छैन त्यसैले अब त्यस्ता भ्रामक प्रचारलाई मेट्ने गरि लाग्नु प्रेस चौतारीका सदस्यहरुको दायित्व हो उनले भने।
गुरुङले एमालेको संगठन र कार्यशैली प्रति अरु राजनितिक दल र संघसंगठनहरुले समेत ईश्र्या गर्ने गरेको उल्लेख गर्दै एमालेको सुदृढ संगठन र कार्यशैलीलाई कमजोर हुन दिन नहुने बताए।
समृद्ध नेपाल सुखी नेपालीको नारा एमालेको गन्तव्य रहेको भन्दै नारामा भएजस्तो काम गरेको छ छैन भनेर खबरदारी गर्ने दायित्व पत्रकारहरुको हो गुरुङले भने।
प्रेस चौतारी लुम्बिनी प्रदेशका अध्यक्ष शोभाखर पन्थीको अध्यक्षता, महासचिव निरु गौतमको संचालन तथा कपिलवस्तु अध्यक्ष जानु पाण्डेको स्वागतमा सम्पन्न कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजाल, पोलिटव्यूरो सदस्य एवं राष्ट्रियसभा सदस्य विमला घिमिरे, प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेत, नेकपा एमाले लुम्बिनी प्रदेशका प्रचार विभाग प्रमुख डिआर घिमिरे, प्रदेश कमिटी सदस्य शेरबहादुर केसी, प्रेस चौतारी नेपालका पुर्व केन्द्रिय सदस्य ईन्दिरा अर्याल र केन्द्रिय सदस्य पार्वती पाण्डेले स्थानिय निर्वाचनमा पार्टीको प्रचार कामलाई व्यवस्थीत बनाउन सकिन्छ भन्ने विषयमा धारणा राखेका थिए।
लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रेस चौतारीका सदस्यहरुको सहभागिता रहेको प्रचार भेलाले ९ बुंदे घोषणापत्र समेत जारि गरेको छ।