test3

गृहपृष्ठ नागरिक संवाद केन्द्रमा अन्तरक्रिया कार्यक्रम

नागरिक संवाद केन्द्रमा अन्तरक्रिया कार्यक्रम

बुटवल, मंसिर । नागरिक संवाद केन्द्र बुटवलको आयोजानमा संसदीय समितिले असोज र कार्तिक महिनाभरीे गरेको काम कार्यको विषयमा छलफल सम्पन्न गरेको छ । कार्यक्रममा असोज र कार्तिक महिनामा संसदीय समितिका गतिबिधिहरूमा राज्य व्यवस्था तथा सुशासन,सार्वजनिक लेखा,अर्थ,विधायन व्यवस्थापन,कृषि,सहकारी तथा प्राकृतिक स्रोत,विकाश तथा प्रविधि समितिको काम कार्यको बिषयमा छलफल गरिएको हो । नेपाल कानुन समाज द्वारा सञ्चालित नागरिक संवाद केन्द्र बुटवल प्रदेश–५ ले आयोजना गरेको छलफल कार्यक्रममा प्रदेश सभा सदस्य जाल्पा भुषालले प्रदेश सरकारले गरेका काम कारवाहीको विषयमा जानकारी गराएका थिए । कार्यक्रममा नेपाल कानुन समाजका कमल प्रसाद मलेगो,नागरिक संबाद केन्द्र प्रदेश ५ बुटवलका प्रमुख हेमा न्यौपाने,राधा अधिकारी,इना कुमारी उपाध्याय,रिता घिमिरे,उमा अर्याल,नमिता ज्ञवाली,गिता शर्मा,लगायतले विभिन्न सुझाव दिएका थिए । संवाद केन्द्रले आगामी दिनमा पनि सरोकारवाला संग छलफल गरि कानुन निर्माणमा सहयोग पुर्याउने नागरिक संबाद केन्द्र प्रदेश ५ बुटवलका प्रमुख हेमा न्यौपानेले बताइन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु