गृहपृष्ठ आशीर्वादको रक्तदान कार्यक्रम सम्पन्न
आशीर्वादको रक्तदान कार्यक्रम सम्पन्न

पोखरा,माघ । “रक्तदान जिबनदान” भन्ने मुल नारा सहित पोखरा–१३ मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आशीर्वाद क्लब अफ युथ नेपाल (AaCYON) को आयोजनामा रक्तदान कार्यक्रम गरीएको हो । रक्तदान कार्यक्रममा ४७ पिन रगत संकलन भएको थियो ।
बुधवार सम्पन्न कार्यक्रममा वडा नं १३ का वडा अध्यक्ष दर्शन लामाले ब्यानरमा हस्ताक्षर गरेर कर्यक्रममको उद्घाटन गरेका थिए । जनहितका लागि आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने वडा अध्यक्ष दर्शन लामाले बताए ।
कार्यक्रममा क्लवका अध्यक्ष अजय वरालले रगतको अभावमा अस्पतालमा कसैको पनि मृत्यु नहोस भन्ने अभियानका साथ रक्तदान कार्यक्रम गरेको बताए,रगत संकलनको मात्रालाई बढाउनुपर्ने आवश्यकता रहेको भन्दै नियमित रक्तदान गर्नु स्वास्थ्यका लागि समेत फाईदा हुने उनको भनाइ छ ।
कार्यक्रम संयोजक मनिष वरालले कोरोनाका कारण रगतको कमी हुन सक्ने भन्दै क्लवले आकस्मिक रक्तदान गरेको वताए ।
रक्तसंचार कास्कीका प्रमुख अर्जुन ज्ञबालीको समुहले उक्त कार्यक्रममा प्राविधिक सहयोग गरेको थियो ।
नेपाली संस्कृति संरक्षणको लागि मादल, खैजडी, मुजुरा लगायतका सामग्री अध्यक्ष लामाले क्लवका संस्कृति विभागका प्रमुख अर्जुन वराललाइ प्रदान गरे ।
सामाजीक कार्यलाई हौसाला प्रदान गर्दै आर्थिक सहयोग गर्ने क्रमश निलकण्ठ सिग्देल, नेकपा एमाले वडा कमिटी पो.मा–१३,रामचन्द्र बराल, सन्दिप सिग्देल, बसन्त शर्मा अधिकारी, नारायण प्रसाद बराल, लिला बराल, यक बहादुर गुरुङ (आलि), हिरा बहादुर नेपाली, मुक्तिनाथ बराल, राजु बराल(बसन्त), केशब राज बराल, बिकल लामिछाने, रमेश प्रसाद बराल, मेघराज बराल, शरद चन्द्र बराल, राजाराम बराल, रवि मोहन बराल, बिनोद बराल, बैकुण्ठ बराल, रन बहादुर सुनार,मधुसूदन देवकोटा र वडा नं १३ स्थित व्यवसायीहरुलाइ क्लबले विशेष धन्यवाद दिएको क्लवका ईन्चार्ज बिक्रम बरालले बताए ।