add frist

गाँस, बास, कपासको साथै स्वास्थ्यको सुविधालाई पनि प्राथमिकतामा राखेर काम गर्नेछु :आचार्य

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी पोखरा -१२ वडा अध्यक्ष पदका उम्मेदवार अमृत आचार्य पोखरा -१२ लाई अनुशासित सहर बनाउने अभियानका साथ निर्वाचनमा होमिएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट वडा अध्यक्षको उम्मेदवारी दिएका उनले वडाबासी सबैलाई छिटो,छरितो ,निश्पक्ष ,अनुशासित र सम्मानजनक तरिकाले सेवा दिन आफुले उम्मेदवारी दिएको बताए ।
वडाको समग्र विकास नै मेरो मूल एजेण्डा हो ।” वेरोजगार तथा सीप बिहिन युवाहरुको सिपमुलक तालीम केन्द्र स्थापना गर्ने, वडाबासी सबैमा नि:शुल्क स्वास्थ परिक्षण , वडामा एक प्राबिधिक बिधालय स्थापना गर्ने , आवश्यकताको आधारमा कभर्डहल , जेष्ठ नागरिकहरुलाइ नि:शुल्क धार्मिक यात्राको व्यवस्था गर्ने कुरामा जोड दिने उनको भनाई छ ।
पूर्वाधार मात्र नभइ सामाजिक विकासमा पनि मैले जोड दिएको छु । गाँस, बास, कपासको साथै स्वास्थ्यको सुविधालाई पनि प्राथमिकतामा राखेर काम गर्नेछु ।” युवा नेता ३१ वर्षीय अमृत आचार्य आफ्नो प्यानलसहित राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडा अध्यक्षमा उम्मेदवार बनेका छन् । उनि सहित प्यानलको सदस्यमा जयदेवी परियार,बिष्णुमाया पराजुली,बिना शर्मा र राजकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु