add frist

राप्रपा पोखरा -१२ मा चुनाब प्रचारप्रसारका लागि सम्पर्क कार्यलय उद्घाटन ; अध्यक्षमा अमृत आचार्यको नाम सिफारिस

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी पोखरा -१२ वडा अध्यक्षमा ३१ वर्षीय अमृत आचार्यको नाम सिफारिस गरेको छ ।
आज बसेको राष्ट्रिय प्रजातन्त्र पार्टीको बैठकले पोखरा -१२ वडा अध्यक्षमा युवा नेता ३१ वर्षीय अमृत आचार्यको नाम सिफारिस गरेको हो ।
साथै आउँदो स्थानीय निकायको निर्वाचनलाई थप ब्यवस्थित गर्न आज राष्ट्रिय प्रजातन्त्र पार्टीको सम्पर्क कार्यलय उद्घाटन गरिएको हो ।
स्थानीय निकायको चुनाब प्रचार प्रसार गर्न निर्वाचनमा सहजता होस भन्ने उदेश्यले कार्यलयको उद्घाटन गरिएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय सदस्य डा.महेन्द्र बहादुर कार्किले उद्घाटन गर्नुभयो । चुनाब प्रसार प्रसार समितिको कार्यलय उद्घाटन गर्दै के.सि ले जनताको नजिकको सरकार र स्थानीय तह भएकाले वडा वडामा राष्ट्रिय प्रजातन्त्र पार्टीको जित भएमा जनताले सजिलो गरि सेवा पाउने दाबी समेत गर्नुभयो । उहाँले देशको समस्या समाधान गर्न सक्ने पार्टी भनेकै राप्रपा भएकोले राप्रपा कै प्रतिनिधिलाई जिताउनु पर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु