add frist

मतगणना स्थलमै पौडेल समूहका उम्मेदवार केसी माथि आक्रमण

बुटवल । नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नं २ को मतगणना स्थलमा कुटाकुट भएको छ।
मतगणना स्थलमा भएको कुटाकुटमा पौडेल समुह बाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार दीर्घ बहादुर केसी (कुमार) माथि आक्रमण भएको छ ।

देउवा समुहका कार्यकर्ताको आक्रमण बाट केसीको मुखमा गम्भिर चोट लागेको बताईएको छ । केसीको लुम्विनी प्रादेशिक अस्पतालको आकस्मीक उपचार कक्षमा उपचार भई रहेको नेपाली कांग्रेस नगर सभापती खेलराज पाण्डेले बताए ।

टाउकोमा गम्भिर चोट लागेको पाईएपछि चिकित्सकहरुले केसीको थप उपचारका लागि काठमाण्डौ लैजाने सल्लाह दिएकोले काठमाण्डौ लैजाने तयारी भई रहेको छ। केसी कुटीए संगै बुटवलको बालमन्दिरमा भैरहेको मतगणना स्थगित भएको छ।

मतगणनाका क्रममा हल्ला नगरि बस्ने भनिएको विषयलाई विवाद गर्दै देउवा पक्षका उम्मेदवार जनक कोइरालाका छोरा प्रसन्न कोईरालाले दिर्घ बहादुर केसी (कुमार) माथि मुक्का प्रहार गरेको प्रत्यक्षदर्शी एक काँग्रेस कार्यकर्ताले सत्यदीप सन्देशलाई बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु