add frist

गृहपृष्ठ रुपन्देही-३ मा गृहमन्त्री खाँणलाई पराजित गर्दै राप्रपाका दिपक बोहरा विजयी

रुपन्देही-३ मा गृहमन्त्री खाँणलाई पराजित गर्दै राप्रपाका दिपक बोहरा विजयी

बुटवल । रुपन्देही ३ मा गृहमन्त्री बालकृष्ण खाँण राप्रपाका दिपक बोहरासँग पराजित भएका छन् । राप्रपाका बोहरा २ हजार ६८१ मतान्तरले निर्वाचित भएका हुन् । बोहोराले ३६ हजार ७१७ मत पाउँदा खाँणले ३४ हजार ३६ मत पाए । गृहमन्त्री खाण पाँचदलीय गठबन्धनबाट नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार थिए भने बोहोरा एमाले, राप्रपा र जसपाबीचको तालमेलका साझा उम्मेदवार थिए । रुपन्देही क्षेत्र नम्बर ३ (२) मा नेकपा एमालेका तुलसीप्रसाद चौधरी विजयी भएका छन् भने ३ (१) मा लोसपाका सन्तोष पाण्डेले चुनाव जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु