add frist

राष्ट्रिय सहकारी बैंकको साधारणसभा मंगलबार बुटवलमा हुने

बुटवल । राष्ट्रिय सहकारी बैक लिमिटेडको १८ औ वार्षिक साधारणसभा मंगलबार हुने भएका छ। बैंकको ईकाईगत रुपमा साधारणसभा गर्ने नीति अनुसार लुम्बिनी प्रदेशको साधारणसभा मंगलबार हुन लागेको बैंकले पत्रकार सम्मेलन गरि जानकारी दिएको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईले सरकारको लगानीसमेत रहेको बैंकमा १४ हजार ५ सय सहकारी आवद्ध रहेको बताए।
लुम्बिनी प्रदेशका सम्पूर्ण जिल्लाहरु अन्तर्गत लुम्बिनी प्रदेशमा १ हजार ६ सय १२ वटा सहकारी संघ संस्थाका प्रतिनिधिहरुका सहभागी गराएर साधारणसभा हुन लागेको उनले जानकारी दिए।
लुम्बिनीबाट छनोट भएका ५ प्रतिनिधि मात्र केन्द्रिय साधारणसभामा लैजान मिल्ने बताए । बाँकी एकाईहरुमा क्रमशः पौष २५ गते सम्म र एकाई प्रतिनिधिहरुको सभा (केन्द्र) पौष ३० गते गरिने उनले जानकारी दिए।
उनले ७७ जिल्लाका १४ हजार भन्दा बढी सहकारी संघसंस्थाहरुलाई आवद्ध गराई ६८ वटा शाखा कार्यालयहरु मार्फत बैंकिङ सेवा पुयाउदै बताउदै बैंकमा आबद्ध सहकारी संघ संस्थामार्फत ४० लाख भन्दा बढी जनतालाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा बैंकले सेवा प्रदान गरेको जानकारी दिए ।
बिभागिय प्रमुझ नवीन कुमार कार्कीले बैंकले २०७७/०७८ मा शेयर पूँजी २ अरोड निक्षेप ६६ अर्थ ३४ करोड संकलन गरी ३५ अर्ब ९१ करोड कर्जा प्रवाह गर्दै कुल ७१ अर्ब ६५ करोड कारोबार गर्न सफल रहेको १८ वर्षको लामो यात्रामा बैंकले सहकारीको दीगो विकास तथा स्थायित्वमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए।
पत्रकार सम्मेलनमा केन्द्रिय सञ्चालक समिति सदस्य माधवलाल देवकोटा,लेखा सुपरिवेक्षण समिती सदस्य मित्र राज दवाडी, बुटवल शाखा प्रमुख नारायण बेल्वासेलगायतले बोलेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु