सम्मरीमाई गाउँपालिकामा प्रत्येक घरलाई निसंक्रमित गरिदै

बुटवल बैशाख । कारोना संक्रमणको जोखिम बढदै गएपछि सम्मरीमाई गाउँपालिकाका प्रत्येक घरलाई निसंक्रमित गर्ने अभियान सुरु गरिएको छ ।
जिल्लाको अहिलेसम्म सबैभन्दा कम संक्रमित भएको सम्मरीमाई गाउँपालिकाका प्रत्येक घरमा गाउँपालिकाका सातै वटा वडाका ७ हजार ६ सय घरघुरीमा स्प्रे टंकी र सोडियम हाइपोक्लोराइड ५ प्रतिशत प्रत्येक घरमा स्प्रे गर्नका लागि ४२ जनाको टोली खटाएको गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ (बब्लु) शुक्लाले बताउनुभयो ।
कोरोना संक्रमणको जोखिम बढिरहेका बेला गाउँपालिकालाई नै सेनेटाईज गर्ने उद्देश्यले गाउँपालिकाले आन्तरिक बजेटबाट यो कार्यको सुरुवात गरेको गाउँपालिकावासीलाई कोभिडको प्रभावबाट जोगाउन निसंक्रमण सुरु गरिएको अध्यक्ष शुक्लाले बताउनुभयो ।
शुक्लाले भन्नुभयो “प्रत्येक वडामा ६ जनाको टोली बनाई उनीहरुलाई सम्बन्धित वडाको स्वास्थ्य चौकीको ईन्चार्जको नेतृत्वमा प्रत्येक घरमा पु¥याईने यसरी पुगेको टोलीले निसंक्रमण गर्ने मात्र नभई कोभिडबाट जोगिन बिभिन्न सचेतनामूलक सन्देश पनि प्रवाह गर्ने बताउनुभयो ।
खुल्ला सीमा रहेको कारण सम्मरीमाई कोरोना संक्रमणको जोखिममा रहेको बताउदै शुक्लाले यसले संक्रमण रोक्न केही राहत हुने भन्दै प्रत्येक १५/१५ दिनमा यसरी सबै घरमा पुगेर औषधी छर्किने बताउनुभयो । यो अभियान सकिन ५,६ दिन लाग्ने र यस लगत्तै जिल्ला स्वास्थ्य कार्यालयलाई आग्रह गरि लामखुट्टे जन्य रोगबाट जोगिन समेत औषधी छर्किने योजना रहेको शुक्लाले बताउनुभयो ।
। कोरोनाको संक्रमणको दोस्रो चरणमा अहिलेसम्म गाउँपालिकामा १८ जना मात्र सक्रिय संक्रमित रहेको र उनीहरु सबैको होम आईसोलेसनमा उपचार भइ रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक मुन्सी प्रसाद माझीले बताउनुभयो ।