गृहपृष्ठ एटलसको वार्षिक साधारण सभा सम्पन्न
एटलसको वार्षिक साधारण सभा सम्पन्न

बुटवल,पुस । एटलस वेलफेयर अर्गनाइजेशन ले आफ्नो पाचौं वार्षिक साधारण सभा शनिवार सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वडा नं.आठ का अध्यक्ष भिम बहादुर श्रेष्ठले समाज परिवर्तनका लागि संस्थाको परोपकारी कार्यमा आफ्नाे पनि सहकार्य रहने तथा संस्थाको सामाजिक तथा सिपमुलक कार्यमा नगरपालिका सहकार्य गर्नको लागि प्रतिबद्धता भएको बताए ।
कार्यक्रममा सुरेश सेन्चुरी,राजिब श्रेष्ठ , कानुनी सल्लाहकार ज्ञानु के.सि.लगाएतले बोलेका थिए ।अध्यक्ष कल्पना श्रेष्ठले संस्थाको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष मिलन सुनारले प्रस्तुत गरेका थिए ।
कार्यक्रम वरिष्ठ उपाध्यक्ष राजेश थैवको स्वागत तथा सचिब मधु ढकालको संचालनमा सम्पन्न भएको थियो ।
मानव सेवा नै ठुलो धर्म हो भन्ने उद्धेश्यका साथ समाजमा रहेको समस्याहरू समाधान ,बेरोजगारी न्यूनिकरण ,स्वास्थ्य क्षेत्रमा सुधार ,गरीब तथा असहाय र एकल महिलालाई तालिमहरु संचालन गरेर आत्मनिर्भर बनाउने,शैक्षिक र स्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै अगाडि बढ्दै आएको अध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिनुभयो ।