test3

गृहपृष्ठ नवनिर्वाचित पदाधिकारीलाई सपथ ग्रहण

नवनिर्वाचित पदाधिकारीलाई सपथ ग्रहण

कपिलवस्तु,श्रावण । उद्योग वाणिज्य संघ कृष्णनगरमा २०७६ साल असार १८ गते चुनाव भएर चुनाव बाट नवनिर्वाचित पदाधिकारी लाई एक कार्यक्रम का बिच प्रमुख जिल्लाधिकारी ले सपथ ग्रहण गराएका छन्। कार्यक्रमका प्रमुख अतिथि संघिय सांसद अभिषेक प्रताप शाह विशिष्ट अतिथी प्र।जि।अ।गजेन्द्र बहादूर श्रेष्ठ,प्रदेश सभा सदस्य बिरेन्द्र कुमार कनोडिया अतिथि कृष्णनगर भन्सार कार्यलय प्रमुख बिष्णु पौडेल,आन्तरीक राजस्व कार्यलय प्रमुख पूर्ण न्यौपाने,शसस्त्र प्रहरी बल का नायब उपरिक्षक मनोज कुमार धिताल,ई।प्र।का। कृष्नानगर का प्रहरी निरीक्षक प्रताप पौडेल रहेका थिए।  नवनिर्वाचित पदाधिकारीहरु लाई हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना दिदै  व्यापारी हरूको हक हितको लागि नियमको परिधी भित्र रहि काम गर्न सुझाव दिदै हामीहरु बाट हुने सक्दो हरेक किसीमको सहयोग गर्ने प्रतिबद्धता प्रजिअ ले गर्नु भयो।
साथ साथै आफ्नो मनतव्य र नवनिर्वाचित पदाधिकारीहरु लाई हार्दिक बधाई तथा शुभकामना दिदै उद्योग वाणिज्य संघ कृष्णनगरको निर्माणधिन भवन मा संसादीय कोष बाट ५००००००र(९पचास लाख०रुपया दिने घोषणा प्रमुख अतिथि शाह ले गरे नवनिर्वाचित अध्यक्ष रामकुमार कौलापुरी ले कार्यक्रम मा बोल्दै सम्पूर्ण उद्योग व्यापारी लाई सहयोग लिन र दिन का लागि अग्रह गर्नुभयो
सो कार्यक्रम का उदघोषक नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष नसिब दार मिया ले गरेका थिए। उक्त कार्यक्रम मा व्यापारी,शिक्षाप्रेमी,भद्रभलादमी,सुरक्षाकर्मी पत्रकारहरुको लगाएत २०० जना को उपस्थिती थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु