test3

गृहपृष्ठ नेपाल विद्युत प्राधिकरणमा कार्यरत कर्मचारी स्वर्गीय सिताराम दाहालको बिलौना

नेपाल विद्युत प्राधिकरणमा कार्यरत कर्मचारी स्वर्गीय सिताराम दाहालको बिलौना

जनताको घरमा उज्यालो बाल्ने कसम खाएर
गरेथे काम लग्यो नि आज कोरोना आएर।
औषधी खान्थे दम सुगर प्रेसर पहिल्यै भथ्यो नि
कम्तिमा अझै बिस वर्ष बाँच्ने रहर थियो नि ।।

मलाई त लग्यो कोरोना आइ ख्याल गरे पियारी
उज्यालो छर्न बसेथे आफैं गए दीप निभाई ।
करेन्ट मा खेल्दै सपना बुने ती सबै हरायो
भएछु कातर एक भोल्टमै मेरो यो शरीर गलायो ।।

मनको पीडा दुखेर आउँदा करेन्ट हो सम्झिनु
जनताको छोरो उज्यालो छर्दा अस्तायो भन्दिनु।
थाहा पाइन पहिल्यै पीडा भो मलाई अचानक छातीमा
बिगतका साथ सम्झेर कहिल्यै नरुनु रातीमा ।।

अस्पताल गए देख्न नि पाइन डराई भागे झै
सुन्दा त तिम्लाई भयो नि पक्कै झड्काले हाने झै।
नरोए प्यारी सम्झेर तिमी मुर्छित बनेर
बुझाए मन दैबको लिला यस्तै हो भनेर ।।

छोरा र छोरी साथमा राखी मन दह्रो बनाए
माफ गरे मलाई जीवनको यात्रा बीचमै टुटाए।
साथ दिन पाइन जीबनभरी भयो नि अधुरो
मनको दीप बाले है प्यारी नगराऊ मधुरो।।

हाँसेर बाँच्नु पियारी तिमी मन खुसी हुनेछ
तिमी नै दुखी भएमा मेरो यो आत्मा रुनेछ ।
मनमा विश्वास उत्तिकै थियो आश पनि बढेथ्यो
कतै काल पसेको हो कि भन्ने पिर पनि परेथ्यो ।।

थियो नि मन अडिग मेरो तार बाँध्ने पोल झै
जिन्दगी भन्नु रैछ नि प्यारी दुइदिनको खेल नै।
बस्नेछु प्यारी म माथि गई तिमीलाई कुरेर
स्वर्गको ढोका उज्यालो पार्छु बिजुली बालेर।।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु