test3

गृहपृष्ठ बलात्कारको अभियोगमा ८० वर्षिय वृद्ध पक्राउ

बलात्कारको अभियोगमा ८० वर्षिय वृद्ध पक्राउ

बुटवल,मंसिर । जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनले एक वृद्धलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२९ निवासी ८० वर्षिय दिलबहादुर गुरुङ रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एकनारायण कोइरालाका अनुसार दिलबहादुरले छ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो । पक्राउ परेका गुरुङको विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । (रासस)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु