test3

गृहपृष्ठ सरकारले अनुदानको व्यबस्था नगरेपछी भेडापालन व्यवसाय संकटमा

सरकारले अनुदानको व्यबस्था नगरेपछी भेडापालन व्यवसाय संकटमा

पोखरा असार । पूर्वी पहाडका गुरुङ जातिको पुख्र्यौली पेशा मानिएको भेडापालन व्यवसाय घट्दै गएको भए पनि केहीले अझै आफ्नो पेशालाई निरन्तरता दिइरहेका छन् । पोखरा महानगरपालिका वडा नं. १३ मा बिगत ४ बर्ष देखी गुरूङ्ग कृषी तथा भेडा फर्म संचालन गर्दै आएका देव गुरूङ्ग र रूमा गुरूङ्गले भेडा ६० थुमो १५ वटा गरी जम्मा ७५ वटा भेडा पाल्दै आएका छन् । “भेडालाई धेरै चिसो र धेरै गर्मी हुनु हुँदैन, तापक्रमअनुसार व्यबस्थापन गर्नुपर्छ”, देव गुरूङ्ग बताउँछन् । भेडापालनबाट राम्रै आम्दानी गर्न सकिने भए पनि तापक्रमअनुसार व्यबस्थापन गर्न निकै कठिन भएको उनी बताउँछन् । पछिल्लो युवापुस्ताले त्यसतर्फ मन नलगाएको र पेशा नै संकटमा पर्दै जान थालेको उनको भनाइ छ । “मौसमअनुसार सबै क्षेत्रमा भेडा डुलाउनुपर्ने भए पनि केही सामुदायिक वनमा चरिचरनमा रोक लगाएपछि चरण क्षेत्रको अभाव हुन थालेको छ”, अर्का संचालक रूमा गुरूङ्गले गुनासो गरे । ¬पछिल्लो समयमा सामुदायिक वनको आफ्नै किसिमका नीति नियमका कारण पनि व्यवसायमा असर पर्न थालेपछि भेडापालन व्यवसाय नै संकटमा पर्दै जानथालेको छ । भेडाको ऊनबाट आतिथ्य सत्कारका लागि ओछ्याउने राडी तथा जाडो याममा चिसोबाट बच्न सिरकका रुपमा प्रयोग गरिने पाखी तयार गरिन्छ । हिन्दू धर्मवालम्बीका लागि त कतिपय धार्मिक संस्कारमा राडी आवश्यक हुने भएकाले यसको महत्व रहेको जानकारहरु बताउँछन् । भेडाको ऊनको महत्व बढी भए पनि व्यवसाय नै संकटमा पर्न थालेको छ । भेडापालनका लागि चरन, व्यवसायप्रति युवापुस्ताको चासो क्रमैसँग घट्नु जस्ता विभिन्न चुनौती देखिएको छ । उपयुक्त बातावरणको अभाव र चरण क्षेत्र मासिदै गएपछी भेडापालनमा कमी आएको हो । अहीले देउतालाई चडाउँनका लागी मात्र भेडा पाल्ने चलन बसेको छ । सरकारले भेडापालनका लागी कुनै योजना नबनाउँदा र भेडाको मासु उपभोक्ताले नरूचाउँने भएकाले भेडा पालन संकटमा परेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु