add frist

गृहपृष्ठ बिकासका हिसाबले रुपन्देहीलाई पहिलो बनाउँछौं : पूर्वअर्थमन्त्री पौडेल

बिकासका हिसाबले रुपन्देहीलाई पहिलो बनाउँछौं : पूर्वअर्थमन्त्री पौडेल

बटवल । पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही बिकासको पाठशाला हुने दाबी गरेका छन् । बिकास सिक्नका लागि, बिकास बुझ्नका लागि र बिकास चिन्हका लागि रुपन्देही उपयुक्त पाठशाला हुने उनले बताए ।

बुटवलको कालिका मानवज्ञान माविमा शुक्रबार आयोजित कानुन विद्यार्थी समाज कालिकाको पद हस्तान्तरण कार्यक्रममा बोल्दै पौडेलले अरुले कल्पना नगरेको बिकासको सुरुवात रुपन्देहीबाट भएको दाबी गरे । ‘अरुले कल्पना नगरेका बिकास निर्माणका काम हामीले अघि बढाएका छौं । भौतिक पूर्वाधारको बिकासले मात्र होइन मानवीय बिकासका हिसाबले पनि रुपन्देहीलाई पहिलो बनाउँछौं ।’- उपाध्यक्ष पौडेलले भने । रुपन्देहीलाई भौतिक पूर्वाधारको बिकाससँगै मुलुकको शैक्षिक केन्द्रको रुपमा बिकास गरिने उल्लेख गरे ।

कालिका मानवज्ञानमा कानून संकायमा अध्यनरत विद्यार्थीहरुलाई शुभकामना व्यक्त गर्दै उनले भविष्यमा मुलुकको सर्वोच्च कानूनी तहमा पुग्न शुभेक्षा गरे । शैशिक बिकासमा कालिका मानवज्ञानले गरेका योगदानको उल्लेख गर्दै उनले मुलुकमै उत्कृष्ट पहिचान बनाउन सफल भएको उल्लेख गरे । ‘बुटवललाई नचिन्ने कोही होलान, तर बुटवलको कालिकालाई नचिन्ने कोही छैनन् ।’- पौडेलले भने -अझ आर्षक शैक्षिक संस्थाको रुपमा बिकास गर्नका लागि हाम्रो प्रयास हुने छ । यसलाई हामीले पछि पर्न दिने छैनौं ।

Advertisement

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु