add frist

गृहपृष्ठ संघ र प्रदेश सरकारले जनताकालागि काम गरेनन् : स्वतन्त्र नागरिक समूह

संघ र प्रदेश सरकारले जनताकालागि काम गरेनन् : स्वतन्त्र नागरिक समूह

बुटवल। २०६९ सालमा स्थापना भएको स्वतन्त्र नागरिक समूह नेपाल ,अधिकारको क्षेत्रमा क्रियाशील संस्था हो । विश्वराज गैरे संयोजक रहेको यो संस्थाले स्वतन्त्र रुपमा अवस्था र आवश्यक्ता अनुसार आफ्ना गतिविधि सञ्चालन गर्दै आएको छ

कुनै पनि राजनीतिक दलसंग आवद्द नरहेको यो संस्था नितान्त स्वतन्त्र र सामाजिक संस्था हो । राष्ट्रियता, जनतन्त्र, जनजीविका र राष्ट्रिय अखण्डता, एकताको पक्षमा यो संस्था सक्रिय रहेको संयोजक विश्वराज गैरेले बताउनुहुन्छ।

कुनै पनि दल विशेष तथा निकट नरहने र राज्य, सरकार, राजनीतिक दलले गरेका गलत कामको बिरोध गरी दवाव दिनु स्वतन्त्र नागरिक समूहको मूलमर्म रहेको छ ।

संयोजक गैरेले बुधबार विज्ञप्ती मार्फत स्वतन्त्र नागरिक समूह नेपाल राष्ट्रियताको पक्षमा उभिएको र जन्म भुमि नेपालको रक्षा र सम्बर्द्धनका लागि नयाँ शिरा बाट सशक्त संघर्ष तथा बिशेष पहल कदमी चाल्नु पर्ने आवश्यकता रहेको उल्लेख गर्नुभएको छ । त्यसका लागि धार्मिक सहिष्णुता सहितको हिन्दुराष्ट्र, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय शासन प्रणाली , मौलिक राजनैतिक मूल्य मान्यता मा आधारित सुन्दर शान्त र विशाल नेपालको संरक्षण र सम्बर्द्धनमा जुट्न सम्पूर्ण देश भक्त नेपालीलाई अपिल समेत गरिएको छ।
संबिधान संम्वत राज्य व्यवस्था नचल्नु साथै स्वास्थ्य र दैनिकी संचालनका अभावमा पिडित नेपालीहरु को समस्या समाधान भन्दा ब्यक्तिगत स्वार्थ र राजनीति स्वार्थको दिशामा सरकारका सबै निकायहरु लक्षित हुँदा देश अभिभावक बिमुख हुन पुगेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

सरकार बिमुख भएको पिडालाई आफ्नो समूहले आत्मसात गर्दै संघीय सरकार र प्रान्तीय सरकारको औचित्य माथी प्रश्न उठाउँदै सरकारलाई खबरदारी समेत बिज्ञप्तिमा गरिएको छ । न्यायलय न्यायमुर्ति बनोस बिधानत नागरीकले पाउनुपर्ने नागरिकता सहज रुपमा प्राप्ती होस अनागरिकलाई यो अधिकार बाट बन्चित गरियोस । संकटपुर्ण स्थिति बाट देशलाई मुक्त गर्न सबै नेपाली को साझा कर्तव्यको रुपमा लिई यो बिषम घडीमा एक अर्कालाई साथ दिन अपिल समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु