add frist

१२ गतेदेखि १८ गतेसम्म विद्यालय बन्द ( विज्ञप्ति सहित )

पोखरा । सेवा सुविधा वृद्धिको माग राख्दै भदौ १ गतेदेखि आन्दोलनरत विद्यालय कर्मचारीले भदौ १२ गतेदेखि १८ गतेसम्म सामुदायिक विद्यालय बन्द गर्ने कार्यक्रम घोषणा गरेका छन् । नेपाल विद्यालय कर्मचारी परिषद् कास्कीका अध्यक्ष हरिसचन्द्र बास्तोलाले एक विज्ञप्ति जारी गरी विद्यालय बन्द गर्ने घोषणा गरेको हो।

‘राज्यले आ.ब.०७९/०८० को बजेट भाषणबाट सम्पूर्ण कर्मचारीको तलब वृद्धि गर्दा समेत हामी विद्यालय कर्मचारीहरुलाई बढेको तलबमानमा संलग्न नगरेको अवस्था साथै हामी विद्यालय कर्मचारीहरुको दरवन्दीको लागि पहल नगरेको हुँदा २०७९ भदौ १ गतेबाट निरन्तर आन्दोलित भएको कुरा अवगतै छ । सो आन्दोलनको आवाज सरकारले नसुनेकाले विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको निर्देशन अनुसार हाम्रो आवाज सुनाउन मिति २०७९ भदौ १२ गतेदेखि १८ गतेसम्म सम्पूर्ण सामुदायिक विद्यालयहरु बन्द गर्ने निर्णय भएकोले हाम्रो आन्दोलनलाई सहयोग र सहजिकरण गरिदिनुहुन यस कास्की जिल्लाका समुदायिक विद्यालयका वि.व्य.स. अध्यक्ष, प्र.अ. शिक्षक र विद्यालय कर्मचारीहरुमा सादर अनुरोध गर्दछौं ।’–विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु