test3

गृहपृष्ठ एटलसद्वारा सक्सन मेसिन वितरण तथा एक दिने स्वास्थ्य शिबिर कार्यक्रम सम्पन्न

एटलसद्वारा सक्सन मेसिन वितरण तथा एक दिने स्वास्थ्य शिबिर कार्यक्रम सम्पन्न

बुटवल | एटलस वेलफेयर अर्गनाइजेशन द्वारा सक्सन मेसिन वितरण तथा एक दिने नि शुल्क स्वास्थ्य शिबिर कार्यक्रम सम्पन्न गरेको छ । एटलसले शनिबार एक कार्यक्रमको आयोजना गरी सक्सन मेसिन वितरण तथा एक दिने स्वास्थ्य शिबिर कार्यक्रम गरेको हो । सियारी गाउँ पालिका वडा न. ४ छपियामा एक कार्यक्रमका बिच सियारी स्वास्थ्य चौकीमा छपियामा सक्सन मेसिन वितरण तथा एक दिने नि शुल्क स्वास्थ्य शिबिर कार्यक्रम गरेको हो ।

स्वास्थ्य शिबिर कार्यक्रममा १५० जना सहभागी थिए । स्वास्थ परिक्षण डा. बिश्व तुलाचन , डा. सुन्दर पान्डेले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि सियारी गा.पा. वडा न.४ वडा अध्यक्ष श्री प्रसाद श्रेष्ठले सामाजिक कार्यमा गाँउपालिका सहकार्य गर्नको लागि प्रतिबद्धता भएको बताए । कल्पना श्रेष्ठको अध्यक्षतामा,राजेश कुमार थैब स्वागत र मधु ढकालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु