test3

गृहपृष्ठ दक्ष प्रविधि नहुँदा खाद्य अधिकारमा समस्या अध्यक्षः पराजुली

दक्ष प्रविधि नहुँदा खाद्य अधिकारमा समस्या अध्यक्षः पराजुली

बुटवल,माघ । खाद्यमा गुणस्तर मापन गर्ने प्रविधि नहुँदा खाद्य अधिकारमा समस्या भएको बुटवल उपमहानगरपालिका ४ का अध्यक्ष टंक प्रसाद पराजुलीले बताउनुभएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक रुपन्देहीले माघ २० गते बुटवलमा आयोजना गरेको स्थानीय समुदायलाई सचेत पार्दे जिम्मेवारी निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गत खाद्य अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा यस्तो कुरा बताउनुभएको हो ।

अध्यक्ष पराजुलीले खाद्य अधिकारको सुनिश्चितताका लागि स्थानीय सरकारले कार्यविधि बनाएर अगाडी बढिरहेको बताउदै बजारमा विक्री हुने बस्तुहरुको उत्पादन भएको मिति र प्रयोग गर्न मिल्ने मितिका विषयमा उपभोक्तालाई सचेत गराउनुपर्ने बताउनुभयो ।
उहाँले हामी आत्मा निर्भर नबन्दासम्म र हरेक नागरिक सचेत नबन्दासम्म यस्तो समस्या रहिरहने बताउनुभयो ।

कार्यक्रममा बुटवल ११ का जनप्रतिनिधि माया दर्नालले खाद्य सुरक्षाको ग्यारेण्टी सरकारले गर्नुपर्ने र नागरिक पनि खाद्य वस्तुहरुको प्रयोग गर्दा सचेत हुनुपर्ने बताउनुभयो । उहाँले बजारमा आउने हरेक खाद्य पदार्थहरुमा विषादीको मात्रा अत्याधिक भएकोले प्रत्येक घरमा कौशी खेती गरेर आत्मा निर्भरतिर हगाडी बढनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बुटवल ११ का जनप्रतिनिधि नर्मदा खत्रीले खाद्य सुरक्षा हरेक नागरिकको नैसर्गिक अधिकार भएकोले यसको परिपूति राज्यले गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका डाक्टर युवराज भण्डारीले खानाको गुणस्तरसँगै सरसफाई महत्वपूर्ण भएकोले फोहोर पानी, फोहोर हात र फोहोर खानेकुराका कारण समस्या हुने बताउदै सस्तो खाना खोज्ने तर गुणस्तर नहेर्ने प्रवृत्तिले पनि समस्या भएको बताउनुभयो । उहाँले त्यही सामान कही महंगो र कहि सस्तो छ भने त्यसको तुलनात्मक विश्लेषण गरेर मात्र किन्ने बानी बसाल्नुपर्ने बताउनुभयो । उहाँले पोषण र गुणस्तरसँगै वस्तुको उत्पादन भएको समय,मिति र प्रयोग गर्न मिल्ने मिति अनिवार्य हेरेर खरिद गर्न उपभोक्तालाई आग्रह गर्नुभयो ।

नागरिक निगरानी समितीका सदस्य बाबुराम पौडेलले बजारमा पाइने हरेक बस्तुमा मिसावट भएकोले यस्ता दैनिक उपभोग्य बस्तुमा इन्सेकलाई अनुगमन गर्न आग्रह गर्नुभयो । उहाँले यस्तो खालको समस्या एकैचोटी समाधान नहुने भएकोले यसलाई निरन्तर रुपमा खबरदारी गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा व्यपारी केशवराज न्यौपानेले बजारमा आउने घिउ,तेल,दुघ लगायतका दैनिक उपभोग्य वस्तुमा मिसावट भएकोले यस्तो खालको विकृत्तिलाई रोक्नका लागि निरन्तर अनुगमन गर्ने र गुणस्तरहीन खाद्य वस्तु वितरण गर्ने व्यक्तिहरुलाई कानूनको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।

समाजसेवी इन्द्र बहादुर थापाले गुणस्तरहीन सामान बेच्ने व्यपारीहरुलाई कानूनको कठघरामा नल्याउदासम्म यस्तो खालको समस्या भैरहने भएकोले यस विषयमा तीनै तहका सरकार गंभिर बन्नुपर्ने बताउनुभयो । कार्यक्रममा जेष्ठ नागरिक दुर्गा प्रसाद शर्माले अन्य देशको तुलनामा मिसावट केही कम भए पनि विषादीको मात्रा एकदमै बढेकोले यस्ता विषयमा इन्सेकले किसानसँग पनि छलफल चलाउन आग्रह गर्नुभयो । समाजसेवी श्याम प्रसाद पन्थले खाद्य वस्तुमा मिसावट गर्नेलाई कानूनको कठघरामा नल्याउदासम्म यस्तो खालको समस्या भैरहने भएकोले यो विषयमा स्थानीय सरकार लगायत तीनै तहका सरकार गंभिर भएर लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा समाजसेवी भुमलाल श्रेष्ठले दैनिक उपभोग गर्ने खाद्य वस्तुहरुको गुणस्तरका विषयमा अनुगमन गरी मिसावट गर्ने माथि कारवाही गर्नुपर्ने बताउनुभयो । उहाँले अनुगमनलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा निगरानी समितीका उपाध्यक्ष डोलराज पाण्डेले हामीले खाने खाना खान नजानेर पनि विभिन्न खालका समस्याहरु हुने गरेको बताउनुभयो ।उहाँले हामीले खाना खानुभन्दा अगाडी हात पानीले मात्र पखाल्छौ । खाना खाएपछि साबुन पानीले पखाल्छौ यो हाम्रो उल्टो सिस्टम छ यसले पनि विभिन्न समस्या निम्त्याएको बताउदै परनिर्भरताका कारण पनि यस्तो समस्या भएको बताउनुभयो ।

कार्यक्रममा निगरानी समितीका कोषाध्यक्ष संजय कुमार गुप्ताले बजारमा खाद्यमा मिसावट अत्याधिक भएकोले यस्तो खालको मिसावट रोक्नका लागि इन्सेकले निरन्तर अनुगमनलाई बढाउनुपर्ने र सरकारलाई नागरिकको स्वास्थ्यप्रति जवाफदेही बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा निगरानी समितीका सदस्य कृष्णा सुनार,गौमाया थापा लगायतले नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित गर्नका लागि इन्सेकले हरेक वडामा कार्यक्रम निरन्तर गर्नुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि रीमा बि.सी.ले इन्सेकले विगत लामो समयदेखि मानवअधिकारको अनुगमन,अभिलेखिकरण,मानवअधिकार शिक्षा लगायतका विषयमा काम गदे आइरहेको बताउदै नागरिकका अधिकारको संरक्षण गर्नका लागि राज्यलाई घचघचाउदै आइरहेको बताउनुभयो । कार्यक्रम मानवअधिकार निगरानी समितीका अध्यक्ष कमला भण्डारीको अध्यक्षता सहजकर्ता विष्णु प्रसाद घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु