test3

गृहपृष्ठ बाल विवाह : १५ वर्षमा सन्तान, दण्ड जरिवाना खोई ?

बाल विवाह : १५ वर्षमा सन्तान, दण्ड जरिवाना खोई ?

सुनसरी, चैत्र । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीको मुसहर बस्तीकी सोनुदेवी सदाको १४ वर्षको उमेरमा विवाह भयो । विवाह भएको एक वर्षपछि उनको पहिलो सन्तानका रुपमा छोरी प्राप्त भयो । अहिले सोनुको उमेर १७ वर्षको भएका बेला अर्को सन्तानका रुपमा गर्भमा आठ महिनाको बच्चा छ ।

सोही ठाउँकी आनन्दीदेवी ऋषिदेवको १३ वर्षकै उमेरमा विवाह भयो । विवाहको एक वर्षपछि उनको पहिलो सन्तानका रुपमा छोराको जन्म भयो । अहिले १६ वर्ष पुगेका उनका दुई वर्षीय छोरा छन् । त्यसैगरी लौकही मुसहका छन् । उनको १३ वर्षकै उमेरमा विवाह भएको हो । उनिहरु तीनैजना त्यस क्षेत्रका प्रतिनिधि पात्र हुन् ।

अहिले पनि सुनसरीको ग्रामीण क्षेत्रमा कम उमेरमा विवाह हुने र १८ वर्षको हुँदासम्म आमाबुबा हुने क्रम जारी छ । सुनसरीको दलित बस्तीमा जनचेतनाको अभाव, कम उमेरमा विवाह गर्दा आमा र बच्चालाई हुने असर लगायतको विषयमा प्रभावकारी रुपले जानकारी नहुँदा दलित बस्तीमा कम उमेरमै विवाह हुने गरेको पाइएको छ ।

विवाहवारी २० वर्ष पारि लगायतका नारा सञ्चारमाध्यम मात्र हैन यससम्बन्धी विषयका गोष्ठी, सभा र सभामा घन्किन थालेको धेरै भैसक्यो । विवाह पनि २० वर्ष पूरा भएपछि मात्र गर्नुपर्ने कानुनी प्रावधान छ । तर पनि दलित बस्तीका बालबालिकालाई त्यसले खासै असर पारेको देखिँदैन ।

दशदेखि १७ वर्षसम्मको उमेर भनेको पढ्ने, खेल्ने र भविष्यको बारेमा दत्तचित्त हुँदै अघि बढ्ने बेला हो । तर यहाँको दलित बस्तीको त्यो समूहका कतिपय बालबालिका सन्तानको स्याहारसुसार गर्न व्यस्त रहेको पाइन्छ ।

विभिन्न नगरपालिका, गाउँपालिका र वडाले बालविवाहसम्बन्धी जनचेतनामूलक कार्यक्रम वार्षिक रुपमा सञ्चालन गर्छन् । त्यो कार्यक्रम कागज र कोठामा मात्र सीमित छ । कानुनमा कम उमेरमा विवाह गरे केटा र केटी पक्षलाई दण्ड जरिवाना गर्ने व्यवस्था छ । त्यसले पनि उक्त समुदायमा पूर्णतया छुन सकेको देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु