गृहपृष्ठ बुटवल क्षेत्रमा देखियो सलह किरा

बुटवल क्षेत्रमा देखियो सलह किरा

बुटवल । बुटवल क्षेत्रमा सलह किरा देखिएको छ । शनिबार दिउँसो रूपन्देहीको बुटवल क्षेत्रमा सलह देखिएको हो । बुटवलको गोलपार्क, सुख्खानगर, शिवनगर क्षेत्रमा सलह देखिएपछि स्थानीयले किट विज्ञ र नार्कका वैज्ञानिकलाई खबर गरेका थिए। उक्त टोलीले निरीक्षण गर्दा सलह नै रहेको पुष्टि गरेको हो। प्रदेश ५ को कृषि विकास निर्देशनालय प्रमुख याम नारायण देवकोटाले किसानहरूबाट सलह किरा भेटिएको कुरा आएको र यस विषयमा अनुसन्धान जारी रहेको बताउनुभयो। सुख्खानगर क्षेत्रका स्थानीयले सलह किरा छापेर डिव्वामा राखेपछि वैज्ञानिकलाई खबर गरेका थिए। नियन्त्रणका उपाय नेपालमा सलहको प्रवेश पहिलो पटक भएको होइन। ५० वर्ष पहिले सलह आउँदा नियन्त्रणका प्रभावकारी उपाय अपनाउन नसकेको जानकारहरू बताउँछन्। रासायनिक र भौतिक गरी दुई तरिकाले सलह नियन्त्रण गर्न सकिने विज्ञहरू बताउँछन्। करेसाबारी, नर्सरी लगायतका सानो क्षेत्रमा झुल,जालीको प्रयोग, ठूलो आवाज, धुँवा आदिको प्रयोगबाट सलहको झुण्डलाई बस्नबाट रोक्न सकिन्छ। सलहलाई पासोमा पारेर संकलन गर्नु पनि नियन्त्रणको अर्को उपाय हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु