test3

गृहपृष्ठ बुटवल युवा रेडक्रस सर्कलको रक्तदान कार्यक्रम सम्पन्न

बुटवल युवा रेडक्रस सर्कलको रक्तदान कार्यक्रम सम्पन्न

असार,बुटवल । बुटवल युवा रेडक्रस सर्कलको आयोजनामा सोमबार “रक्तदान जिबनदान” भन्ने मुल नारा सहित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । समुहले प्रथन पटक रक्तदान कार्यक्रम गरेको हो । रक्तदान कार्यक्रममा ६४ पिन रगत संकलन भएको थियो । रक्तदान कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापती प्रेम लाल उदासले रगतको अभावमा अस्पतालमा कसैको पनि मृत्यु नहोस भन्ने अभियानका साथ रक्तदान कार्यक्रम भएकोमा प्रसंसा गरे । रगत संकलनको मात्रालाई बढाउनुपर्ने आवश्यकता रहेको भन्दै नियमित रक्तदान गर्नु स्वास्थ्यका लागि समेत फाईदा हुने उनको भनाइ छ । वुटबल युवा रेडक्रस सर्कलका अध्यक्ष रेशम खनाल को अध्यक्षतामा रहेको कार्यक्रममा तुल्सीराम भण्डारीको संयोजकमा कार्यक्रमको सञ्चालन युवराज बञ्जाडेले गरेका थिए । समुहमा १४ जना सदस्यहरु रहेका छन । कार्यक्रमका अध्यक्ष रेशम खनाले जनहितका लागि आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु