test3

गृहपृष्ठ संबिधानमा थारूलाई उचित स्थान दिएन :चौधरी

संबिधानमा थारूलाई उचित स्थान दिएन :चौधरी

बुटवल,कार्तिक । थारू समुदायको अवस्था खस्किदै गएको एक कार्यक्रमका बक्ताहरुको जोड दिएका छन् । थारु समुदायको आर्थिक,सांस्कृतिक,सामाजिक,राजनितिक तथा शैक्षिक अवस्था खस्किदै गएको छ । उनीहरुको चौतर्फी दमन भएको छ । उक्त छलफलमा थारु कानुन ब्यवसायी संघ, थारु कल्याण कारिणी सभा, नेपाल थारु संघ,थारु पत्रकार संघ नेपाल रुपन्देहीका अध्यक्ष राज चौधरी, थारु युवा सभा रुपन्देहीका धनीराम चौधरी, थारु महिला संघका केन्द्रिय पार्षद पुनम चौधरी,थाकस रुपन्देहीकी उपाध्यक्ष सरीता चौधरी, रेखा प्रसाद चौधरी, सुनीता चौधरी नेपाल आदिवासी जनजाति समन्वन परीषदका सुनसरीका धगेन्द्र कुमार श्रेष्ठ र थारु बुद्धिजिबीहरुको भैरहवामा भएको संयुक्त भेलाबाट सो कुरा बताएका हुन् । नयाँ संविधानमा थारुहरुलाई उचित स्थान नदिएको, राजनितिक रुपमा वञ्चित गरीएको र थारु हकहितको स्पष्ट कानुन नभएको थारु कानुन ब्यवसायी संघका केन्द्रिय अध्यक्ष राम राज चौधरीले जानकारी दिए । थारु समुदायलाई विभिन्न प्रदेशमा टुक्रा पारीएको र पहिचान तथा भाषामा आक्रमण गरीको थारु कल्याण कारिणी सभा रुपन्देही सभापति सतिश कुमार चौधरीले वताए । नेपाल थारु संघ अध्यक्ष सन्तराम चौधरीले थारु समुदाय एक जुट हुन आवश्यक रहेको वताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु