add frist

गृहपृष्ठ तेश्रोलिंगी तथा अधिकारकर्मी आनिक रानाले गरिन सहयोगको अपील

तेश्रोलिंगी तथा अधिकारकर्मी आनिक रानाले गरिन सहयोगको अपील

बुटवल । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायकि अभियन्ता तथा जागरण अभियानकि देहता आनीक रानाले आफ्नो उपचारमा सहयोग गर्न अपिल गरेकी छन्। तेश्रोलिंगी महिला तथा अधिकारकर्मी आनिक रानाको उपचारमा आर्थिक अभाब भएको छ । मुखको क्यान्सरबाट पिडित राना अहिले चितवनको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत छिन । उनले आफ्नो उपचारमा आर्थिक रकम अभाव भएको भन्दै आर्थिक सहयोगका लागि सार्बजनिक अपील समेत गरेकी छन् । तिलोत​मा न​ग​र​पालिका ९ सुनेनाप​थ मिलिजुली टोलमा बस्दै आएकी रानामगर साहसी कदम नेपालका अध्यक्ष समेत हुन् भने संचारकर्मी समेत हुन् ।

उनी जेठ ४ गतेदेखि अस्पतामै भर्ना भएकी छन् । उनको भैरहवामा रहेको एभरेष्ट बैंक लिमिटेडमा रहेकाे यमबहादुर राना (आनिक) को खाता नम्बर ००५००५०१००३७०४ मा रकम जम्मा गरिदिएर सहयोग गर्न समेत नागरिक अनलाइनमार्फत् आग्रह गरिन् ।

म डेढ महिनादेखी जीवन मरणको अवस्थामा छु,,यहि बेला म बस्दै आएको घरबेटीले घरबाट निकालेका छन् ,म अस्पतालमा रुदै दिन काटिरहेकी छु । उनने भनिन् । मानवीयता सम्झेर जीवन बचाइदिन उनको आग्रह छ ।यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायकी अभियान्ता समेत रहेकी राना अहिले राेगबाट ग्रसित भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु