add frist

गृहपृष्ठ रुपन्देहीबाट अपहरणमा परेका दुई बालबालिका झापाबाट उद्धार

रुपन्देहीबाट अपहरणमा परेका दुई बालबालिका झापाबाट उद्धार

बुटवल । रुपन्देहीको सैनामैनाबाट अपहरणमा परेका दुई बालबालिकालाई प्रहरीले झापाबाट सकुशल उद्धार गरेको छ । हिजो विहिबार विहान विद्यालय जान घरबाट निस्केका उनीहरुलाई आफन्तले नै अपहरण गरेको प्रहरीले जनाएको छ ।

हिजो विहान ९ बजे देखि सम्पर्क विहिन भएका सैनामैना नगरपालिका–६ बस्ने पुष्पा दाहालकी छोरी र छोरालाई आज दिउँसो २ बजे झापाको विर्तामोडबाट उद्धार गरिएको हो । घटनामा संलग्न अभियुक्त खिम बहादुर पौडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । १२ वर्षिय प्रसिद्ध दाहाल र ९ वर्षिय प्रशन्न दाहाल हाल प्रहरीको संरक्षणमा रहेको र अभियुक्त पौडेल पनि प्रहरीको नियन्त्रणमा रहेका छन् । उनीहरुलाई रुपन्देही ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।

सैनामैना–४, मुर्गियामा रहेको प्रभात आवसीय बोर्डिङ स्कुलमा अध्ययनरत उनीहरु विद्यालयका गएको अवस्थामा आफ्नै फूपाजु पर्ने पौडेलले फोटो खिच्ने बहानामा अपहरण गरेका थिए । छोराछोरी सम्पर्क विहिन भएपछि परिवारले ईलाका प्रहरी कार्यालय रन्यौरामा खबर गरेका थिए । सैनामैना–५ घमाहा खोला बस्ने खिम बहादुरसँग पारिवारिक विवाद भएका कारण उसले नै अपहरण गरेको भन्दै किटानी जाहेरीसहित परिवारले प्रहरीमा खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु