add frist

गृहपृष्ठ ५ ओटा भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ

५ ओटा भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ

कपिलवस्तु । कपिलवस्तु जिल्ला को बाणगंगामा पाँच ओटा भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । बाणगंगा नगरपालिका वडा नं.९ चौवा निवासी ६० बर्षीय वृद्ध रामसमुज थारु पाँच ओटा भरुवा बन्दुक सहित आईतबार पक्राउ परेका हुन् ।

थारुको घरगोठमा लोड गरिएको अवस्थामा बन्दुकहरु लुकाईछिपाई राखिएको भन्ने गोप्य सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले थारुलाई पक्राउ गरेको प्रहरीले कपिलवस्तुका प्रहरी उपरीक्षक दान बहादुर कार्कीले जानकारी दिए।

थारुलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाईएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए । शनिबार पनि प्रहरीले बाणगंगा नगरपालिका वडा नं.२ कोठीखोला किनारबाट भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु