add frist

गृहपृष्ठ क्रीयटिभ ब्युटिको डिलर अब बुटवलको शान्तिचोकमा

क्रीयटिभ ब्युटिको डिलर अब बुटवलको शान्तिचोकमा

बुटवल । ब्युटी प्रोडक्ट क्रीयटिभ ब्युटिले बुटवलमा आफ्नो डिलर शुभारम्भ गरेको छ। नेपालमानै उत्पादन भएका सामाग्रीहरुको डिलर मंगलबार शुभारम्भ गरिएको हो।बुटवल ११ शान्तिचोकमा रहेको अर्जुन मार्टमार्फत बिक्रि शुभारम्भ गरिएको हो।

सामाजिक अभियन्ता एव ब्यवसायी चन्द्र बहादुर महत, क्रीयटिभ ब्युटिको सल्लाहकार सुमित्रा रन्जित तथा अर्जुन मार्टका सञ्चालक कृष्ण प्रसाद काफ्लेले संयुक्तरुपमा डिलरको उदघाटन गरेका हुन ।

हाम्रो उत्पादन हाम्रो गौरवूनारा राखेको क्रीयटिभ ब्युटी काठमाडौमा अपार सफलतापछि बुटवलमा डिलर उद्घाटन गरिएको क्रीयटिभ ब्युटिको सल्लाहकार सुमित्रा रन्जितले बताईन।

उनले अन्य प्रतिस्पर्धीको तुलनामा सस्तो तथा गुणस्तरीय सामाग्री रहेको दाबी गरिन । शुभारम्भको अवसरमा छालाको अवस्था चेक गरि सामाग्री प्रदान समेत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु