add frist

गृहपृष्ठ खुल्ला व्यायामशालामा व्यायाम गर्नेको सङ्ख्यामा वृद्धि, हिलाम्य चौरमा थप एक खुल्ला व्यायामशाला निर्माण

खुल्ला व्यायामशालामा व्यायाम गर्नेको सङ्ख्यामा वृद्धि, हिलाम्य चौरमा थप एक खुल्ला व्यायामशाला निर्माण

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ७को लालकुमारी माविको मैदानमा स्थानिय हरु नियमित व्यायाम गर्न र वाक गर्न आउने गर्दछन् । मानिसहरू कोहि हिडिरहेका छन् भने कोही खेल्ने ,दौडने र व्यायाम गरिरहेका छन्। भनिन्छ नि स्वास्थ्य नै धन हो त्यसैले स्वस्थ जीवनशैली अपनाउन रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै वेश हुन्छ । त्यसैले जनजीवनको स्वास्थ्य मा सकारात्मक असर‌ पार्ने उद्देश्यले बुटवल उपमहानगरपालिका वडा नं ७ मा खुला व्यायामशाला निर्माण गरि सन्चालन गरिएको छ ।
बुटवल उपमहानगरपालिका वडा नं ७ को शिद्धेश्वरी लालकुमारी माविको मैदानमा रहेको खुल्ला व्यायामशालामा व्यायाम गर्न आउनेको सङ्ख्यामा दैनिक वृद्धि हुँदै गईरहेको छ।पछिल्लो समय खुल्ला व्यायामशाला प्रति स्थानिय हरुको आकर्षण बढ्दै गएको छ।व्यस्त समयका बाबजुत पनि स्वास्थ्य अभ्यास अपनाउन बुटवल उपमहानगरपालिका वडा नं ७र ८ का स्थानिय हरू यो मैदानमा विहान मर्निङ वाक र साँझ इभिनिङ्ग वाकमा आउने र खुल्ला व्यायामशाला मा व्यायाम गर्ने गर्दछन्। यो मैदानमा स्थानिय मात्र नभएर विभिन्न सङ्घ संस्था तथा सरकारी निकायबाट खेल खेल्न र व्यायाम गर्न पनि आउने गर्दछन्। हरेक उमेर समूहका मानिसहरु आफु अनुकुलको शारिरीक अभ्यास गरिरहेका छन् । यहाँ मोटोपन कम गर्ने र शारीरिक तन्दुरुस्ती बढाउने उपकरणहरू राखिएको छ । यहाँ हात, खुट्टा, कम्मर, घाटी, पेट र ढाड लगायत शरीरका विभिन्न अङ्गहरु का व्यायाम गर्नका लागि ११ थरीका उपकरण रहेका छन् । खुल्ला व्यायाम शालामा आएर निशुल्क व्यायाम गर्न पाउँदा शारीरिक र मानसिक रूपमा समेत सकारात्मक असर‌ परेको वडा न७ निवासी स्थानिय वेदप्रसाद अधिकारीले बताउँनुभयो ।
बालबालिका ,युवा तथा महिला शरीर तन्दुरुस्ती राख्न र वृद्धहरु विभिन्न शारीरिक, मानसिक र पाचन प्रक्रिया सम्बन्धी समस्या हटाउने अपेक्षाले व्यायाम गर्न आउने गरेको वडा नं ८ निवासी स्थानिय विष्णु पौडेलले बताउँछन्।
नजिकमा खुला व्यायामशाला भएपछि गृहिणी हरु समेत विहान बेलुका व्यायाम गर्न आउने गरेका छन् । यो व्यायाम शालामा आउन थालेपछि घुडाको समस्या हटेको र अनावश्यक मोटोपनाको तौल समेत घटेको वडा नं ८ शुख्खानगर निवासी समिता थापाले बताईन्।
बुटवल उपमहानगरले तीन वर्षअघिदेखि सात स्थानमा खुला ब्यायमशाला निर्माण गरी संचालन गरेको छ भने वडा नं७ मानै यही असारमा बजेट फ्रिज हुने अवस्था आएपछि हिलाम्य चौरमा थप अर्को व्यायाम शाला निर्माण गरेको छ। तर स्थानिय हरु उपकरण को नाम र कुन तरिकाले कसरी व्यायाम गर्ने भन्ने नबुझी व्यायाम गर्न वाद्य छन्।भएका उपकरणमध्येएक उपकरण भाँचिएपछि अहिलेसम्म मर्मत सम्भार हुन सकेको छैन। निजी व्यायाम शालामा जस्तो प्रशिक्षक नहुदाँ खुल्ला व्यायाम शालामा सबैको पालो समयमा नआउने र कुरिरहनु पर्ने वाद्यता छ ।उपकरणको मर्मत र संरक्षणमा जोड दिन जरुरी छ । यस्ताे खुल्ला व्यायाम शाला अन्य ठाउँमा पनि निर्माण गरि व्यवस्थित तरिकाले सन्चालन गर्न सकेमा मानिसको स्वस्थ जीवनशैली मा सकरात्मक असर पारि निरोगी बन्ने प्रेरणा प्रदान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु