add frist

गृहपृष्ठ १३१६ निको हुदाँ थपिए २२३९ संक्रमित

१३१६ निको हुदाँ थपिए २२३९ संक्रमित

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २२३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ३ सय १३ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार मुलुकभरमा ६६५७ जनाको पिसिआर परीक्षणबाट १४७९ जनामा संक्रमण पुष्टि भएको छ भने ४६५६ जनाको एन्टिजेन परीक्षणबाट ७६० जनामा पुष्टि भएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३१६ जना संक्रमणमुक्त भएका छन्। यस्तै २० जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु