add frist

दाइजो

रुपन्देही जिल्लाको मानपुरमा शिब यादब समाजसेवीको पहिचान बोकेका मानिस थिए । उनका सन्तानमा एक छोरा र एक छोरी थिए । छोरकिो विबाह नवलपुरका धनाढ्य दयानन्दका छोरा सुदेशलाई भब्य दाइजो दिई गरिदिएका थिए । अब छोराको विबाह पनि इज्जतिलो गर्ने बिचारले त्यस्तै केटीको खोजीमा हिडेका थिए शिब । धेरै ठाउँमा मगनीका लागि गए उनी । धनको घमण्ड अति नै थियो उनमा । तसर्थ कही पनि उनको इच्छा पुग्ने किसिमको ठाउँ पाउन सकिएन । सबै कुरा हुदाहुदै पनि उनलाई छोराको विहे गर्न निकै कठिन जस्तै हुनपुग्यो । छोरो पनि ईञ्जीनीयर पढेको र आफू धनी भएकाले धनीकी छोरी खोज्दै जाँदा प्रगति नगरका हरिश्चन्द्रकी छोरीसंग विबाह छिनियो । ५०० जन्ति आउने सर्तमा विबाह आँटियो ।
शिबले लमीलाई कार लगाएत गरगहनाको माग गरे । लमीले केटीका बाबु हरिश्चन्द्रसंग दाइजोको बारेमा कार दिनु पर्ने कुरा बताए । यो कुराले हरिश्चन्द्रलाई चिन्तित तुल्यायो । छोरीका निम्ति दाइजो दिन त मन थियो, तर आफ्नो हैसियत नभएकाले उनका चिट्भिट पसिना आउन थाले । यो कुरा उनकी छोरीले थाह पाइन् । उनले बाबालाई नआत्तिन आग्रह गरिन् । उनी पनि डक्टर भैसकेकीले बाबा उनको बिश्वाश गरेर विबाहको तयारीमा लागे ।
छोरीले बजारबाट एकदिनका लागि कार भाडामा ल्याइन् र सिंगारेर त्यसलाई नै दुलही बनाइन् । जन्ति बडा धुमधामका साथ आए । दुलाहा जग्गियामा आए तर दुलही आइनन् । दुलही ल्याऊ भनेपछि कारलाई घुम्टो ओडाएर ल्याइन केटीले । उनले शिबलाई भनिन् ,“तपाइलाई कार चाहिएको हो, म चाहिएको त होइन ? लौ दुलही यही हो लिएर जानुहोस् म गए ।” जति संझाउदा पनि केटी नमानेकाले उनीहरु हेरेका हेरै भए । लुत्रेकान लगाएर जन्तिमध्येका एकजना गबिकी छोरी मागेर विबाह गरी लिएर फर्कन्छन् । यसपछि शिबले कहिल्यै धनको घमण्ड गर्ने प्रयत्नलाई छोडे । समाजमा दाइजोको फेरि कसैले माग गर्ने गरेनन् । दाइजोको बिकृति यस कार्यबाट घटेर गयो ।
पोखरा – १०, मिलनटोल, कास्की ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु