add frist

गृहपृष्ठ श्रवण दृष्टिविहिन रुपन्देही नेत्रहिनको परियोजना सहयोगी

श्रवण दृष्टिविहिन रुपन्देही नेत्रहिनको परियोजना सहयोगी

बुटवल, असोज । नेपाल नेत्रहिन संघको सहयोगमा रुपन्देही नेत्रहिन संघद्धारा सञ्चालित ‘श्रवणदृष्टिविहिन परियोजना’ बाट जिल्लाका ४० जना श्रवण दृष्टिविहनता भएका व्याक्तिहरुले प्रत्यक्ष लाभ प्राप्त गरेका छन् । जिल्लामा ३ बर्ष देखि जारी परियोजनाके पहलमा रुपन्देहीमा नेपालमा नै पहिलो पटक श्रवण दृष्टिविहिन भएका बालवालिकाले बढ्ने विशेष विद्यालय समेत स्थापना भएको छ ।

रुपन्देही नेत्रहिन संघ श्रवण दृष्टिविहिन परियोजना संयोजक प्रेम अचार्यका अनुसार तिलोत्तमामणिग्राममारहेको शान्ती नमुना माविमा ८ जना श्रवण दृष्टिविहिन भएका व्याक्तिहरुले हाल अध्यायन गरिरहेका छन् । जसको लागि सबै व्यवस्था, आर्थिक, सहयोगी शिक्षक, फिजियोथेरापीष्ट सहितको सेवा परियोजनाबाट प्रदान गरिएको उनले जानकारी दिए । आईतबार बुटवलमा सञ्चारकर्मीहरु संगको अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै परियोजना संयोजक आचार्यलले रुपन्देहीमा १ सय ८१ जना श्रवण दृष्टिविहता भएका व्याक्तिहरु रहेको भन्दै जसमा ८८ जना महिला, ९३ जना पुरुष रहेको जानकारी दिए । देशभरीमा ९ हजार ७ सय १४ जना श्रवणदृष्टिविहिनता भएका व्याक्तिहरु रहेको भन्दै उनले उनीहरुलाई समाजको मुल धारमा ल्याए सोही अनुसारको जीवनउपयोगी तालिमप्रदा गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै परियोजनाका प्रशिक्षक टिकाराम पौडेलले अपाङ्गता बर्गमा सबैभन्दा जटिल अटिजम र अटिजम पछि श्रवण दृष्टिविहिनता भएका व्याक्तिहरु रहेको भन्दै उनीहरुको लागि स्थानीय स्तर देखि परिवार सरकारले समेत विशेष योजना बनाएर कार्यान्वय गर्नुपर्ने बताए । उनले कतिपय रुपन्देहीका पालिकाले अपाङ्गता तथ्यांक अध्यावाधिक समेत नगरेको भन्दै उनले सामाजिक सुरक्षा मा समेत सहभागीता गराउने गरी अपाङ्गता परिचय पत्र प्रदान गर्ने कुरामा स्थानीय तह गम्भिर हुनुपर्ने बताएका थिए ।

नेपाल नेत्रहिन संघका केन्द्रीय सदस्य शिला घिमिरेले अपाङ्गता जो कोही जुन अवस्था, जति बेला पनि हुन सक्ने भन्दै अपाङ्गताका सवाल उठानको लागि सबैले हातमोलो गर्नुपर्ने बताईन । पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले अपाङ्गताको सवाल नेपाली पत्रकारितामा कमै मात्रामा उठान हुने भन्दै मिडिया क्षेत्रबाट गर्ने सहयोगको लागि महासंघ र पत्रकारहरु तयार रहेको प्रतिवद्धता जनाएका थिए ।

परियोजनाले श्रवण दृष्टिविहनता भएका व्याक्तिहरुको लागि निःशुल्क आँखा परिक्षण, स्वाथ्य परिक्षण सहित उनीहरुको सिकाईका लागि स्पर्ष सिकाई सहित फिजियोथेरापी सेवा प्रदान गर्दै आएको छ । यस्तै व्यवहारिक शिक्षाका लागि शान्ती नमुना माविमा नेपालकै पहिलो श्रवण दृष्टिविह विद्यालय समेत स्थापना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु